एसीसी यु–१९ क्रिकेट : नेपाललाई श्रीलंकाले दियो २२८ रनको चुनौती
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
844
Shares
काठमाडौं । श्रीलंकामा सुरु भएको एसीसी यु–१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपाल आयोजकसँग खेलिरहेको छ । घरेलु टोलीले नेपाललाई २२८ रनको चुनौती दिएको छ ।
कोलम्बोमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २ सय २७ रन बनायो । टेष्ट मान्यता प्राप्त श्रीलंकाका लागि हसिथा बोयागोडा एक्लैले ८३ रन बनाए ।
इनिङ्को पहिलो बलमै पहिलो विकेट गुमाएको श्रीलंकाका लागि रविन केली र बोयागोडाले दोस्रो विकेटका लागि ६८ रनको साझेदारी गर्दै स्कोर बढाए । नेपालले जवाफी व्याटिङ गरिरहेकाे छ ।