arrow

संविधान संशोधन लम्बियोे, कांग्रेसलाई फसाद !

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
sansad-@@@.jpg.jpeg
काठमाडौं । व्यवस्थापिका संसदको कार्यसूचीमा परेको संविधान संसोधन विधेयकको छलफल स्थिगित भएको छ । विधेयकमा शुक्रबारबाट छलफल सुरु हुने कार्यतालिका थियो । संसोधन विधेयक जनताका लागि सूचित गर्नुपर्ने र मधेसी मोर्चालाई वार्ताका लागि कुर्ने भन्दै पुस ८ गते ११ बजेसम्मको संसद स्थगित भएको हो । यसअघि, विहिबार मात्रै प्रमुख विपक्षी कांग्रेसको संसदीय समितिको बैठकले मार्चालाई पर्खिने निर्णय गरेसंगै विधेयकको छलफल थन्किने जनाउ दिएको थियो । कांग्रेसले संविधान संशोधनमा मोर्चाको समेत समर्थन जुटाउने निर्णय गरेको थियो ।
 
आसन्न १३ औं महाधिवेशनको वातावरण विग्रन नदिन भन्दै कांग्रेसले मोर्चाका नेताहरुलाई फकाउने रणनीति अपनाएको छ । तर, सत्ताधारीहरुसंग मोर्चा चिडाएकाले कुनै प्रगति हुने देखिँदैन । विश्लेशषकहरुले मोर्चालाई संविधान संशोधनमा ल्याउने जिम्मा कांग्रेसकै काँधमा रहेको र कांग्रेसकै पहल एक मात्र विकल्प भएको बताएका छन् ।  
 
यस्तै, सभामुख, शीर्ष नेता र प्रमुख सचेतकहरुको सिंहदरबारमा शुक्रबार बिहान बसेको बैठकले पुस ८ गतेसम्मका लागि संसद बैठक स्थगित गरेको  हो । बैठकको समय भने अझै यकिन भएको छैन । बैठकले मोर्चासंगको वार्तामा जोड दिने र पुस ८ गते भित्रमा निकास खोज्न पहल गर्ने निष्कर्ष निकालेको छ । बैठकमा काँग्रेस, एमाले, एमाओवादी र राप्रपा नेपाललगायतका दलहरु सहभागि थिए ।  
 
तराई मधेसमा जारी आन्दोलनलाई सम्बोधन गर्नका लागि गम्भीरतापूर्वक छलफल गर्नका लागि बैठक स्थगित गर्ने निर्णय गरिएको बैठकमा सहभागी राप्रपा नेपालका प्रमुख सचेतक दिलनाथ गिरीले बताए । कांग्रेस सभापति सुशील कोइरालाले संशोधन प्रस्तावबारेको छलफल कसरी चलाउनेबारे कुराकानी भइरहेको सुनाए । कांग्रेस संशोधन गर्नेमा सकारात्मक रहेकाले छिट्टै समस्या समाधान हुने कोइरालाको विश्वास छ । 
 
संविधानको धारा २७४ को उपधारा ३ बमोजिम संविधानको संसोधन विधेयक सर्वसाधारण जनताको जानकारीका लागि सूचना प्रेषित गर्ने प्रावधान छ । सोही अनुसार विहिबारको ‘गोरखापत्रमा’ नेपालको संविधान २०७२ प्रेषित भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ