arrow

एसीसी यु–१९ क्रिकेट : नेपाल श्रीलंकासँग १ रनले पराजित

दिपेन्द्र ऐरीको ९० रन ओझेलमा

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
nepal-vs-sr-u-19.jpeg

काठमाडौं । एसीसी यु–१९ एसिया कपको पहिलो खेलमा नेपाल टेष्ट मान्यता प्राप्त श्रीलंकासँग १ रनले पराजित भएको छ । कोलम्बोमा भएको समूहको पहिलो खेलमा नेपाल अन्तिम समयमा सम्हालिन नसक्दा १ रनले पराजित भएको हो ।

नेपालको पाँचौ विकेटका लागि ९० रन बनाएका दिपेन्द्र्रसिंह ऐरी अन्तिम ओभरको तेस्रो बलमा आउट भए । उनी आउट हुनुअघि नेपालको ९ विकेट पतन भइसकेको थियो ।

श्रीलंकाले दिएको २ सय २८ रनको चुनौती पछ्याएको नेपालको व्याटिङ सम्हालेका दिपेन्द्रले खेल सनसनीपूर्ण बनाए । यद्यपि, तीन बल बाँकी छँदै समेत उनले सावधानी अपनाउन सकेनन् । उले ९९ बल खर्चेर १ छक्कार ९ चोकाको मद्दतले उच्च स्कोर बनाए ।

नेपाललाई लक्ष्य नजिक लैजान अविनाश कर्णले ४० र अदिल खानले ३९ रन बनाए । कप्तान सन्दिप लामिछानेले खातामात्रै खोल्न सके । श्रीलंकाली बलर कामिन्दु मेन्डिस महंगो सावित भए । उनी एक्लैले ३ विकेट लिए ।

यसअघि, टस जितेर पहिले व्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २७ रन बनाएको थियो । श्रीलंकाको तेस्रो विकेटका लागि हासिथाले ८३ रन बनाए । नेपालका  कमल सिंहले ३ र पवन सर्राफले दुई विकेट लिए ।

पुस ८ गतेसम्म चल्ने प्रतियोगितामा नेपालले अब समूह चरण्मा भारत र मलेसियासँग खेल्नेछ ।



नयाँ