arrow
ADVERTISEMENT

संसद्‍को चालु अधिवेशन अन्त्य हुँदै [लाइभ]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ भदौ ३१ सोमबार

काठमाडौँ । संघीय संसद्‍को चालु अधिवेशन आजैदेखि अन्त्य हुँदैछ । । 

प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले ‘हिंसा’ शब्द संसद्को रेकर्डबाट नहटाएसम्म संसद्मा अवरोध जारी राख्ने अडान राखेपछि सत्ता गठबन्धन दलले चालु अधिवेशन अन्त्य गर्ने भएका हुन् । 

सरकारले संघीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरिसकेको छ । 

सिंहदरबारमा आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले सोमबार राति १२ बजेदेखि संसद्को चालु अधिवेशन अन्त्य गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । 

योसँगै सम्भवतः यो बैठक चालु अधिवेशनको अन्तिम बैठक हुनेछ । 

आजको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७९–०८०’ पेस गर्ने कार्यसूची छ । 

साथै सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति सूर्यबहादुर थापा क्षेत्रीले ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन, २०८१’ पेस गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ