arrow

सात दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र दिन निर्देशन

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
josi-fieldma.jpeg
काठमाडौँ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले विदेशी लगानीकर्तालाई सात दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र उपलब्ध गराउन उद्योग विभागलाई निर्देशन दिएका छन् । 
 
विभागका कर्मचारीले दिने सेवाका विषयमा गुनासो आएपछि जोशीले बिहिबार त्यहाँ पुगेर सेवाग्राहीलाई यथासम्भव चाँडो सेवा पुर्‍याउन निर्देशन दिएको उनका प्रेस सल्लाहकार प्रदीप चापागाईंले जानकारी दिए । हाल नयाँ उद्योग दर्ता गर्न कम्तीमा १४ दिन लाग्ने गरेको छ ।
 
मन्त्री जोशीले स्वदेशी उद्योगका हकमा निवेदन दर्ता गरिएको ३० घन्टाभित्र र विदेशी लगानीकर्ताका हकमा सात दिनभित्र उद्योग दर्ताको प्रमाणपत्र दिइसक्ने व्यवस्था मिलाउन पनि निर्देशन दिए । विभागमा आएका गुनासालाई सम्बोधन गर्न मन्त्री तथा राज्यमन्त्री आलोपालो गरेर आजदेखि दैनिक एक घन्टा विभागमा बस्ने प्रबन्ध मिलाइएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ