arrow

वन्तको पाता कसियो, मन्त्रिपरिषद्ले नयाँ महानिरिक्षक तोक्दै

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
onta.jpg.jpeg
काठमाडौं । विहिबार बस्न नसकेको मन्त्रिपरिषद बैठक साँझ बस्ने भएको छ । बैठकले विहिबार मात्रै निलम्बन गर्न सिफारिस भएका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गरेर कायम मुकायम महानिरीक्षक तोक्ने आधिकारिक निर्णय गर्नेछ । 
 
बैठक साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने मन्त्रिपरिषद्ले सशस्त्र प्रहरी महानिरीक्षक वन्तलाई निलम्बन गर्ने र नयाँ महानिरीक्षक चयन गर्ने प्रधानमन्त्री कार्यालय स्रोतले जनाएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भूकम्प पीडितको अवस्था बुझ्न गोरखाको बारपाक गएपछि  विहीबारका लागि डकिएको बैठक बस्न सकेन । 
 
प्रधानमन्त्री राजधानी बाहिर रहेका बेला अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी महानिरीक्षक वन्तलगायत दुई नायब उपरीक्षक र एक निरीक्षकलाई नलिम्बन गर्न सिफारिस गरेको हो । सार्वजनिक खरिद अन्तर्गत (सामान ढुवानी)मा फर्जी बिल बनाएर भ्रष्टाचार गरेको अभियोगमा अख्तियारले वन्तलाई निलम्बनको सिफारिश गरेको हो ।
 
यद्यपि, वन्तको घोटाला प्रकरण अख्तियार प्रमुख लोकमानसिंह कार्की नियुक्त भए लगत्तै सार्वजनिक भएको थियो । केही समय थन्किएको उनको छानबिन अहिले उत्कर्षमा पुगको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ