arrow

व्यापार घाटा ९३ प्रतिशतले वढ्यो

logo
प्रकाशित २०७३ मंसिर ३० बिहिबार
naka @ .jpg.jpeg
काठमाडौँ । चालु आवको प्रथम चार महिनामा मुलुकको व्यापार घाटामा ९२.७ प्रतिशतले वृद्धि भई रु दुई खर्ब ७८ अर्ब ३० करोड पुगेको छ । 
 
चालु आव २०७३/७४ को समीक्षावधिमा समग्र निकासीमा सामान्य सुधार भए तापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा वृद्धि आएको हो । गत आव २०७२/७३ को प्रथम चार महिनाका अवधिमा उत्पन्न असहज परिस्थितिका कारण आयात निर्यातमा आएको ह्रासले गर्दा व्यापार घाटा पनि ३७.३ प्रतिशतले कमी आएको थियो । 
 
त्यसैगरी मुलुकको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ७४.३ प्रतिशतले वृद्धि भई ३ खर्ब २७ अर्ब ४६ करोड पुगेको व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रले जनाएको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ७.५ प्रतिशत र ९२.५ प्रतिशत छ । समीक्षाावधिमा नेपालको कुल निकासी १३.२ प्रतिशतले वृद्धि भई २४ अर्ब ५८ करोड तथा कुल पैठारीमा ८२.३ प्रतिशतले वृद्धि भई ३ खर्ब दुई अर्ब ८८ करोड पुगेको छ । 
 
सो अवधिमा निकासी भएका प्रमुख वस्तुमा ऊनी गलैँचा, तयारी पोसाक, मुसुरोको दाल, पोलिस्टर तथा अन्य धागो, कपडा, फलाम तथा स्टिल र तिनका उत्पादन, हस्तकलाका सामान, चाउचाउ, मन्जन, अलैँची, चिया, अदुवा, नेपाली हातेकागज, छाला, पस्मिना पछ्यौरा, जडिबुटी आदि प्रमुख छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ