arrow

सांसद शर्माको केएमसी र नोबेलको टोली रामपुरमा, साढे ११ सय बिरामीको उपचार [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३ बिहिबार
kmc-nobel-sunil-sharma-81-6-3r.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) र नोबेल मेडिकल कलेजेको संयुक्त स्वास्थ्य टोलीले सर्लाहीको रामपुरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । 

आधारभूत मावि ईश्वरपुर–८ रामपुरमा भएको उक्त शिविरमा १ हजार १५३ बिरामीको निःशुल्क उपचार गरिएको केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालले जानकारी दिए । 

 बिरामीमध्ये २७५ जनाको भिडियो एक्सरे, १०५ जनाको ईसीजी, १३२ जनाको ईको तथा १२० जनाको ल्याब परीक्षण गरिएको थियो । 

त्यस्तै १५५ जनालाई शल्यक्रियाका लागि रेफर गरिएको छ । शल्यक्रिया गर्नुपर्नेमध्ये केएमसीमा आउनेलाई निःशुल्क तथा विराटनगरस्थित नोबेल मेडिकल कलेजमा जाँदा ५० प्रतिशत छुट हुने सांसद डा. शर्माले बताए । 

कांग्रेस क्षेत्रीय सभापति हरि लुङ्गेली मगरको सभापतित्वमा भएको उक्त कार्यक्रमका प्रमुख अतिथि नै डा. शर्मा रहेका थिए । पूर्व पार्टी सभापति लक्ष्मण राय, मधेस प्रदेश संयोजक शर्मिला थापा, महासमिति सदस्य शुशीला कार्की र महासमिति सदस्य लिला बहादुर गोलेको उपस्थति रहेको कार्यक्रममा डा. शर्मा, लक्ष्मण राय, शिवकुमार गर्मछाने र हरि मगरले मन्तव्य राखेका थिए । 

डा. शर्माले सम्हालेपछि केएमसीले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ । 

kmc-nobel-rampur-sarlahi-81-6-3 (1).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (2).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (3).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (4).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (5).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (6).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (7).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (8).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (9).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (10).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (11).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (12).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (13).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (14).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (15).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (16).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (17).jpg
kmc-nobel-rampur-sarlahi-81-6-3 (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ