arrow

स्वास्थ्य मन्त्री थापाको जनपक्षीय कदम

निजीमा १० प्रतिशतलाई निःशुल्क उपचार

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
ministry-of-health.jpeg
काठमाडौं । देशभरका सबै स्वास्थ्य संस्थाहरुले शुक्रबारदेखि १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा शुरु गरेका छन् । स्वास्थ्य मन्त्रालयले सार्वजनिक महत्वको सूचना प्रकाशित गरी सरकारी, निजी, गैरसरकारी, सहकारी तथा सामुदायिक अस्पतालहरु, शिक्षण अस्पतालहरू र नर्सिङ होमहरूले कुल शैया संख्याको १० प्रतिशत शैयामा निःशुल्क उपचार सेवा प्रदान गर्न स्मरण पनि गराएको छ । 
निःशुल्क उपचार सेवा पाउनका लागि सम्बन्धित गा.वि.स. वा नगरपालिका वा जि.वि.स.वा जिल्ला प्रशासन कार्यालय वा जिल्ला जनस्वास्थ्य कार्यालय वा वीर अस्पताल वा स्वास्थ्य मन्त्रालयमध्ये कुनै एक निकायको सिफारिस अनिवार्य  गरिएको मन्त्रालयले जनाएको छ । 
स्वास्थ्य मन्त्री गगनकुमार थापाले निजी अस्पतालहरुले आजदेखि विपन्न, असहाय, बेवारिसे. जेष्ठ नागरिक, अपाङ्गता भएका र एकल महिला बिरामीहरुलाई स्वयं घोषणा फारम भर्न लगाई निशुल्क शैयाको उपचार सेवा प्रदान गर्नुपर्ने व्यवस्था कडाईका साथ लागु गर्ने अठोट व्यक्त गरेका छन् । 
 
यस्तो व्यवस्थाको दुरुपयोग हुन नदिन निःशुलक सेवा लिएका विरामीहरुको विवरण अस्पताल परिसरमा टाँस्नुपर्ने मन्त्री थापाले जानकारी दिएका छन् । 
 
निजी अस्पतालहरुको संगठन अफिनले पनि अस्पतालमा उपलब्ध चिकित्सकीय परामर्श सेवा, डाईग्नोष्टिक सेवा, प्रयोगशाला, अक्सिजन, नर्सिङ् सेवा, सबै प्रकारका शैया लगायतका सेवा निःशुल्क उपलव्ध गराउन मन्त्रालयसँग सहमति गरेको छ । 
निशुल्क उपचार प्राप्त गरेकाहरुको विस्तृत विवरण सबै अस्पतालहरुले जिल्ला जनस्वास्थ्य कार्यालय, क्षेत्रीय स्वास्थ्य निर्देशनालय, स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालय चिकित्सा सेवा महाशाखामा मासिक रुपमा पठाउनुपर्ने व्यवस्था पनि गरिएको छ ।
 
उल्लेखित प्रावधानहरुको कार्यान्वयनका सम्बन्धमा स्वास्थ्य मन्त्रालय तथा मातहतका निकाय, स्थानीय निकाय, जिल्ला प्रशासन कार्यालय तथा अन्य सरकारी संयन्त्र परिचालन गरी कडाईका साथ अनुगमन तथा नियमन गरीने मन्त्रालयले जनाएको छ । 
 
निःशुलक सेवा दिने व्यवस्था कार्यन्वयन नभएको पाईएमा जिल्ला जनस्वास्थ्य कार्यालय वा क्षेत्रीय स्वास्थ्य निर्देशनालय वा स्वास्थ्य सेवा विभाग वा स्वास्थ्य मन्त्रालयमा जानकारी गराउन मन्त्रालयले सवैलाई आग्रह गरेको छ । 
 
संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने तथा स्वास्थ्य सेवालाई पहुँचयोग्य बनाउने अभियानमा साथ दिन पनि स्वास्थ्य मन्त्रालय सबैमा आव्हान गरेको छ । 
 
 
 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ