arrow

कार्य योजना विना चल्छन् गैह्र सरकारी संस्था

logo
श्रीकृष्ण सिग्देल,
प्रकाशित २०७३ पुष १ शुक्रबार
Syangja.jpeg
स्याङ्जा ।  वालिङ नगरपालिका भित्र दर्ता भएका गैह्र सरकारी संस्थाले कार्य योजना विना संचालन हुने गरेका छन् । नगरपालिकाले आर्थिक बर्ष २०७४/०७५ को नगरपरिषदका लागि गैह्र सरकारी संस्थाले गर्न सक्ने कार्यक्रमका बारेमा जानकारी लिने क्रममा विना कार्य योजनामा संचालन हुने गरेको पाइएको हो ।
 
 नगरपालिकामा आफुले गर्नुपर्ने कार्यक्रम पेश गरी नगरपालिका र गैह्र सरकारी संस्थाको साझेदारीमा काम गर्ने सरकारी नीति रहेको छ । नगरपालिकाले नगरभित्र रहेका सबै गैह्र सरकारी संघसंस्थालाई २०७४/०७५ का लागि योजना तर्जुमा गोष्ठिका लागि कार्यक्रम माग सहित छलफलमा सहभागि हुन आग्रह गरेको थियो ।
 
कार्यक्रम भन्दा पनि संस्थाहरु समस्या मात्रै थुपार्ने काम भएकोले संस्थाहरु सगँ कुनै कार्यक्रम रहेनछन् भन्ने प्रष्ट देखिएको छ । दर्ता गर्ने तर नविकरण नगर्ने अधिकांश संस्थाहरुको नियमन गर्ने निकाय मौन हुदा गैह्र सरकारी संस्थाहरु जिल्लामा खुल्ने क्रम बढ्दो छ । कुन संस्थाले समाजमा के काम गर्ने भन्ने आधार विना संस्था दर्ता गर्ने परिपाटीले झन बिकृति निम्ताउन सक्ने सरोकारवालाहरुको भनाई रहेको थियो ।
 
 नगर भित्र दर्ता भएका संघसंस्थाले नगरपालिकामा समन्वय गर्नुपर्ने थियो छलफलमा वालिङ नगरपालिकाका कार्यकारी अधिकृत रुद्रलाल भुषालले भने,“गैह्र सरकारी संस्थाले गर्नुपर्ने कामका बारेमा नगरपालिका सगँ समन्वय गरिदिएमा योजना तर्जुमा गर्दा सजिलो हुने थियो ।”गैह्र सरकारी संस्था नाफामुलक भन्दा पनि सेवामुलक भएकाले स्थानीय निकाय सगँ समन्वय गर्न भुषालले जोड दिए । 
 
नगरभित्र काम गर्ने गैह्र सरकारी संस्थाले छुवाछुत, अन्तरजाजिय विवाह, कानुनी सचेतना लागुऔषधको निरुत्साही गर्नुपर्नेमा जोड दिन नगरपालिकाका नायव सुव्वा पदमप्रसाद पाण्डेले आग्रह गरे । सिमित साधन श्रोतको परिचालनबाट नगरपालिकामा काम गर्नुपर्ने हुन्छ पाण्डेले भने,“गैह्र सरकारी संस्थाले काम गर्ने कार्यपत्र पेश गरिदिएमा नगरपालिकालाई काम गर्न सजिलो हुने थियो ।” एउटै टोल वा क्षेत्रमा नगरपालिका र गैससले काम गर्दा अन्य टोल वा क्षेत्रमा काम गर्न कठिनाई हुने गरेकाले नगरी स्तरीय गैसस मार्फत कार्यक्रम ल्याउन सके अझै प्रभावकारी हुने पाण्डेले थपे ।
 
नगरपालिका र गैह्र सरकारी संघसंस्थाले गरेका राम्रा कामको प्रचार प्रसार नहुँदा समस्या आएको सहभागीहरुले बताएका थिए ।  नगरभित्रका दर्ता भएका सामाजिक संघसंस्था करिव ५० ओटाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ