arrow

चेल्सी मुख्य प्रशिक्षक मौरिन्हो बर्खास्त, टोली संकटमा

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
mourinho-old-.jpg.jpeg
एजेन्सी । इङ्गलिश क्लब चेल्सीका मुख्य प्रशिक्षक जोजे मौरिन्हो निलम्बनमा परेका छन् । जारी इङ्गलिश प्रिमियर लिगमा तीन दशककै खराब प्रदर्शन गरेको चेल्सी संकटमा पर्दै गएको छ  । संकटग्रस्त चेल्सी अंक तालिकाको १६ औं स्थानमा छ । लिगका १६ मध्ये ९ खेल हारेको चेल्सीले ४ खेल मात्रै जित्दा क्लब व्यवस्थापन पक्षले प्रशिक्षक मौरिन्होलाई हटाएको हो । 
 
लिगको रेलिगेशन क्षेत्रभन्दा एक अंकमात्रै माथि रहेको चेल्सीले युएफा च्याम्पियन्स लिगमा आशाजनक प्रदर्शन गरेको छ । चेल्सी च्याम्पियन्स लिगको नक आउट चरणमा उक्लिएको छ । चेल्सीको बोर्ड निर्देशकहरुको विशेष वैठकपछि क्लवले जारी गरेको विज्ञप्तिमा प्रशिक्षक मौरिन्हो र चेल्सी फुटबल क्लव आपसी सहमतिमा सम्बन्धविच्छेद गर्न तयार भएको उल्लेख छ ।
 
चेल्सी प्राविधिक निर्देशक माइकलले मौरिन्हो बर्खास्तगिका लागि दोषी थिएन् भनेका छन् । सन् २०१३ सेप्टेम्बरदेखि दोस्रो पटक चेल्सीको प्रशिक्षण सम्हालेका मौरिन्होले गत वर्ष प्रिमियर लिगको उपाधि दिलाएका थिए । उनी लिग जिताएको सात महिनामै बर्खास्तगिमा परेका छन् । 
 
त्यसअघि सन् २००४ देखि चेल्सीको प्रशिक्षण समालेका मौरिन्होले सो समयमा समेत दुई पटक चेल्सीलाई लिग च्याम्पियन बनाएपनि चौथो सिजनमा आएर क्लबसँग सम्बन्ध तोड्नुपरेको थियो ।मौरिन्होको बर्खास्तगिपछि अब नयाँ प्रशिक्षकको खोजी सुरु भएको छ । चेल्सी प्रशिक्षकका लागि बायर्न म्युनिख प्रशिक्षक पेपे ग्वार्डीयोला, गुस हिडीङ्क, वान्डे रामोस, ब्रेन्डर रोजर्स लगायतको नाम चर्चामा छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ