arrow

अर्वपति विनोद चौधरीले सार्वजनिक सम्पत्ति कब्जा गरेको भन्दै मुद्दा दायर

logo
प्रकाशित २०७३ पुष १ शुक्रबार
Binod-chaudhari.jpeg
काठमाडौँ– गसीबाटो निर्माण उपभोक्ता समितिले शुक्रबार उद्योगपति विनोद चौधरीले सञ्चालन गरेको एपोलो स्टिल उद्योग प्रालिविरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ ।
 
काठमाडौँ जिल्ला साविक सतुङ्गल गाविस–७ र ८ को सिमाना जोडिने सार्वजनिक गोरेटो बाटो कब्जा गरी चौधरीले कारखाना निर्माण गरेको भन्ने अभियोग लगाउँदै गसी बाटो निर्माण उपभोक्ता समितिका अध्यक्ष मनोजकुमार श्रेष्ठले उनीविरुद्ध शुक्रबार मुद्दा दर्ता गरेका हुन्।
 
स्थानीय सतुङ्गल, बलम्बु, महादेवस्थान, बोसीगाउँ कीर्तिपुरका करिब पाँच हजार व्यक्ति आवतजावत गर्ने चौडाइ तीन फिट र लम्बाइ लगभग १०० फिट गोरेटो बाटो कब्जा गरी भवन निर्माण गरेकाले उनीविरुद्ध मुद्दा दर्ता गर्न बाध्य भएको जानकारी स्थानीयवासी ईश्वरलाल महर्जनले जानकारी दिए।
 
गत २०७१ साल चैत २० गते स्थानीय सतुङ्गल गाविसवासीको भेलाले मनोजकुमार श्रेष्ठको अध्यक्षतामा गसी बाटो उपभोक्ता निर्माण समिति गठन गरेको थियो।
 
उक्त समितिले उद्योगविरुद्ध यसअघि गोरेटो बाटो कब्जा गरेको जानकारी जिल्ला प्रशासन कार्यालय काठमाडौँ, गाविसको कार्यालय सतुङ्गल, अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पटकपटक उजुरी दर्ता गरेका थिए। रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ