arrow

नेपालको विकासशील राष्ट्र बन्ने लक्ष्यमा ‘ग्रीन सिग्नल’ !

विकास सूचकांक भने अझै चिन्ताजनक अवस्थामा

logo
प्रकाशित २०७३ पुष २ शनिबार
UNCTAD.jpeg
काठमाडौं । सन् २०२२ सम्म विकाशशील बन्ने नेपाली लक्ष्य पूरा हुने सम्भावना बढेको संयुक्त राष्ट्रसंघले जनाएको छ । तोकिएको समय आईपुग्न ६ वर्ष बाँकी हुँदा संयुक्तराष्ट्र संघले यस्तो संकेत गरेको हो ।
 
राष्ट्रसंघको व्यापार तथा विकास सम्मेलन (अन्ट्याट) ले सार्वजनिक गरेको एक प्रतिवेदनमा पछिल्लो ३ वर्षमा नेपालको विकास गतिले २०२२ को लक्ष्य पूरा हुनसक्ने संकेत दिएको उल्लेख गरेको छ । प्रत्येक ३÷३ वर्षमा गरिने समीक्षामा नेपालको स्थिती सुधारिएको हो । यहि गतिमा नेपालले सुधार गर्दै जाने हो भने २०२२मा नेपाल विकासशील मुलुक बन्ने पक्का भएको प्रतिवेदनले औल्याएको छ । 
 
तर नेपालको आर्थिक विकासको सूचकांक भने निकै चिन्ता जनक देखाएको छ । सोही संस्थाको अर्काे एक प्रतिवेदनले विकासका सूचकहरु भनेर तोकेको प्रतिव्यक्ति आय, नागरिकको कमाईको स्तर, मानव विकास सूचकांक र बहुआयामिक सम्पत्तिको स्तरमा भने नेपाललाई कमजोर देखाएको छ । 
 
नेपालको प्रतिव्यक्ति आय ७ सय ३० रुपैयाँ रहेको छ । अल्पविकसित मुलुकको सूचीमा नै रहेको गिनीको प्रतिव्यक्ति आय ७७ सय ९० रहेको छ । जुन अति कम विकसित मुलुकमध्ये सबैभन्दा बढी प्रतिव्यक्ति आय भएको मुलुक हो । प्रतिव्यक्ति आयमा नेपालको उत्तः प्रतिव्यक्ति आयको हिस्सा न्यून आयको सूचीमा पर्छ । 
 
उता नेपालको मानव विकास सूचकांकको वार्षिक बृद्धिदरमा पनि कमि आएको छ । २००० देखि २०१० सम्मको समष्टिगत बृद्धिदर १.६४ रहेकोमा २०१० दृखि २०१४को समष्टिगत बृद्धिदर भने ०.७८ मा सीमित भएको छ । मानव विकास सूचकांकमा नेपाल २०१४का अनुसार १ सय ४५ औं स्थानमा रहेको छ ।
 
मानव विकास सूचकांकको अवस्था पनि नेपालको नाजुक रहेको छ । ०.५५० सम्मलाई न्यून दर मानिनेमा नेपालको ०.५४८ रहेको छ । त्यस्तै अर्काे बहुआयामिक सम्पत्तिको सूचकमा पनि नेपालको स्थान नाजुक रहेको छ ।  जुन सूचकांकहरुबाट नेपालले अझैपनि २०२२ मा विकासशील बन्नको लागि धेरै मेहनत गर्नुपर्ने देखिएको छ ।  हेर्नुहोस् अतिकम विकशित मुलुकहरुको विकासको सूचकहरुको स्थिती जस्ताको त्यस्तै । 
No automatic alt text available.



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ