arrow

उद्योग राज्यमन्त्रीको टोली चीन प्रस्थान

logo
प्रकाशित २०७३ पुष २ शनिबार
china-flag.jpeg
बनेपा । बनेपा नगरपालिका र तिब्बतको सिगात्सेबीच स्थापना भएको सम्बन्ध थप सुधार गर्न उद्योग राज्यमन्त्री कञ्चनचन्द्र वादे नेतृत्वको टोली शनिबार चीन प्रस्थान गरेको छ । 
 
सन् १९९९ मा तिब्बतको सिगात्से र बनेपा नगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको थियो । एक साताको भ्रमणमा निस्केको सो टोलीमा काभ्रेपलाञ्चोकका स्थानीय विकास अधिकारी टेकराज निरौला, बनेपा नगरपालिकाका कार्यकारी अधिकृत महेश पराजुली, राजस्व अधिकृत ध्रुव नेपाल, उद्योग वाणिज्य सङ्घ, बनेपाका अध्यक्ष सुरकृष्ण वैद्यलगायत छन् । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ