arrow

जापानमा महजात्रा; को को आए जापान?

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
maha-jatra.jpg.jpeg
जापान। विदेशमा आएर आपत्विपतमा परेकालाई उद्धार गर्ने उद्देश्यले गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानले गर्न लागेको महजात्रा– २०१५ का लागि पहिलो चरणका कलाकारहरु आज बिहान टोकियो आइपुगेका छन् । पाँच करोड जापानिज ऐनको आपतकालीन कल्याणकारी कोष स्थापनार्थ जापानका प्रमुख तीन सहरमा गरिने महजात्राका लागि हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, बमबहादुर कार्की, नरेन्द्र कंसाकार, मोहितवंश आचार्य, यमन श्रेष्ठ र श्रीमती रमिला थापा आचार्य सहितका कलाकार टोकियो आइपुगेका हुन् । 
 
महँगो रकम खर्चेर पनि विदेश नेपालीका लागि दुःखमाथि दुःखको भारी बन्दै गएको र पीडित परिवारलाई राहत दिलाउने भरपर्दो माध्यम नभएको भन्दै विश्वमा पहिलोपटक एनआरएनए जापानले आपतकालीन कल्याणकारी कोष बनाउन लागेको हो । एक साताका लागि जापानमा रहने कलाकारले जापानका प्रमुख तीन सहरअन्तर्गत टोकियो, ओओशाका र फुकुओकामा महजात्रा देखाउने छन् । कल्याणकारी कोषका लागि डिसेम्बर २० तारिख आइतबार टोकियोको नाकानोमा, २२ तारिख मङ्गलबार ओओशाका र २४ तारिख बिहीबार फुकुओकाको तेन्जिङस्थित एक्रोस भवनमा महजात्रा– २०१५ मार्फत रकम सङ्कलन गरिने छ । 
 
रकम सङ्कलनका लागि छुट्टै व्यवस्था नभएर महजात्रा अवलोकनका लागि तोकिएको टिकटको रकमबाटै हुने आयोजक समितिका संयोजक एवम् एनआरएनए जापानका अध्यक्ष सुदन थापाले बताउनुभयो । फुकुओकामा २४ तारिख बिहीबार अवलोकन गर्नेले सबैभन्दा कम शुल्कअन्तर्गत ३ हजार र बढीमा १० हजार जापानी ऐन शुल्क तोकिएको आयोजक समिति क्युसुका संयोजक किरण बर्माले बताउनुभयो । टोकियोको नाकानोका लागि न्यूनतम चार हजार र बढीमा बढीमा १० हजार जापानी ऐन शुल्क तोकिएको एनआरएनए जापानका प्रवक्ता सुदिप ढुङ्गानाले जानकारी दिनुभयो । 
 
जापानमा पछिल्ला दुई वर्षयताका घटनामा गम्भीर बिरामी भई अस्पताल भर्ना भएका, दुर्घटना र अन्य कारणले मृत्यु भई परिवारका सदस्यहरु अलपत्र परेकामध्ये धेरैजसो व्यापारअन्तर्गत होटल, रेस्टुराँ र रेमिट्यान्स तथा ट्राभलबाहेक अध्ययनको भिसा र नगन्य मात्रामा रोजगार नपाएका विपन्न परिवार सदस्यहरु छन् । तीमध्ये अधिकांशजसो पीडित परिवारलाई एनआरएनएअन्तर्गत सहयोग जुटाउने काम भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ