arrow

पढाइ सुधार गर्न सिकाइ मेला

logo
प्रेम रौले,
प्रकाशित २०७३ पुष २ शनिबार
sikai-mela.jpeg
बाजुरा ।  जिल्लामा रहेका आधरभुत तहका विद्यार्थीहरुको पढाइ सुधार गर्नका लागि आधारभुत तहका विद्यार्थीहरुको शैक्षिक अवस्थालाइ मध्येनजर गर्दै सिकाइ मेला सुरु गरिएको छ ।
 
जिल्लाका सबै गाविसका प्राथमिक तहमा कक्षा १ देखि ३ कक्षा बालबालिकाहरुको क्षमता अभिवृद्धी गर्नका लागि मेलाको आयोजना गरिएको बताइएको छ । सिकाइ मेलामा स्थानिय स्तरमा विद्यालयका शिक्षक शिक्षिकाहरुले बनाएका शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको थियो । जिल्लाका ६ वटा विद्यालय सहभागि भएको मेलामा प्रारम्भिक तहका बालबालिकाहरुले बनाएका सामग्रीहरुको कार्यक्रममा सहभागी रहेका अतिथीहरु अवलोकन गरेका थिए । 
 
शनिबार सम्पन्न भएको सिकाइ मेलामा जिल्लाको  शैक्षिक अवस्था नाजुक हुदै आएकोले यसलाइ सुधार गर्न सहयोग पुग्ने बताइएको छ । शैक्षिक संस्थाहरुमा रहेका बालबालिकाहरुलाइ पढाइ मात्र नभइ उनीहरुलाइ स्थानिय स्तरमा बनाइने शैक्षिक सामग्रीहरु प्रयोग गरी उनीहरुको ज्ञान र सिपलाइ अभिवृद्धी मेलाले गर्नमा विशस्त रहेको स्थानिय विकास अधिकारी प्रकाशराज पौडेलले बताए ।
 
उनले जिल्ला स्तरिय सिकाइ मेलामा आएका विद्यार्थीहरुको कला सिप र क्षमतामा देख्दा अति नै खुसी भएको बताए । बालबालिकाले सिकेका सिपहरु व्यवहारमा ल्याउनमा सिकाइ मेलाले सहयोग पुगेको सहायक प्रमुख जिल्ला अधिकारी भीम बहादुर शाहीले बताए । उनले सिकाइ मेला कार्यक्रममा मात्र सिमित नभइ यसलाइ थप प्रभावकारी बनाउनका लागि सबैले कसहयोग गर्न आवश्यक रहेको बताए  । 
 
सिकाइ मेलामा कक्षा १ देखि ३ सम्मको नेपाली र गणित विषयसंग सम्वन्धित शैक्षिक सामग्री प्रर्दशनी विभिन्न खेलहरुको प्रदर्शनी,पढाइ सिकाइसंग सम्वन्धित शैक्षिक सन्देश  मुलक क्रियाकललाप,,नाटक,नृत्य तथा कथा बाचन गरिएको थियो । 
 
मेलामा जिल्लामा रहेका पर्यटन र प्रवद्र्धन गर्नका  लागि बडिमालिका,त्रिवेणी पाटन,बुढीनन्दा,छेडेदह लगायतका पर्यटकिय सम्भावना बोकेका धार्मिक तथा पर्यटकिय तस्वीरहरु राखिएका थिए । सिकाइ मेलामा बालबालिकाहरुका लागि ९ वटा स्टलहरु राखिएका थिए । स्टलमा शैक्षिक सामग्री र कथा लेखन,विभिन्न किसिमका स्थानिय तहमा रहेका काठका हलो लोपोन्मुख कोल लगायतका सामग्री प्रदर्शन गरिएको आयोजकले जनाएको छ । 
 
स्टलमा जिल्ला स्वास्थ्य कार्यालय बाजुरा अन्तरगत सुनौला हजार दिन र सुआहारा बाजुराले स्थानिय स्तरमा बनाएर खाइने विभिन्न परिकारका  खानेकुरा र कोदोको जाउलो समेत प्रदर्शन गरिएको बताइएको छ ।
 
सिकाइ मेलामा सहयोग गर्ने ६ वटा विद्यालयहरुलाइ सम्मान र जिल्लामा रहेका क्रियाशिल पत्रकारहरुलाइ प्र्रसंशा पत्र प्रदान गरिएको छ । जिल्ला शिक्षा कार्यालय बाजुराको असहकार्य र समन्वय युनिसेफ विश्व शिक्षा नेपालको आर्थिक सहयोग र सेतो गुरास बाल विकास सेवाको आयोजनामा सिकाइ मेला गरिएको देवु खातीले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ