arrow

कस्तो छ दिलवाले

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
Dilwale-MP3-Songs-2015.jpg.jpeg
काठमाण्डौ । चेन्नई एक्सप्रेस जस्तो सुपरहिट फिल्म बनाइ सकेका निर्देशक रोहित शेट्टीले  पुन एक पटक  शाहरुख खानसँग  सिल्वर स्क्रीनमा  धमाकेदार रुपमा प्रस्तुत भएका छन् । यो पटक रोहित ‘दिलवाले दुल्हनिया ले जाएंगे’का स्टार जोड़ीलाई  दर्शकबिच ल्याएका छन् । फिल्ममा  रोमांटिक जोड़ीका साथमा  वरुण धवन र कृति सेनन पनि रहेका छन् । अन्य सहयोगि भुमिकामा  वरुण शर्मा, बोमन ईरानी, संजय मिश्रा, जोनी लीवर लगायत चर्चित कलकारहरु पनि रहेका छन् ।
 
फिल्मको कथा 
फिल्मको सुरुवात शाहरुख खानको एन्ट्रीवाट हुन्छ जो गाउको रिटायर्ड काली डनको भुमिकामा देखापर्छन् । काली, यस्तो  डन हो  जो बुल्गारिया छोडेर गाउमा बसेको हुन्छ । उसले बुल्गारिया किन छाड्यो भन्नेमा नै  फिल्मको पूरै कथा रहेको छ । रोहितले सस्पेन्सका साथ काजललाई  फिल्ममा ल्याएका छन् । जो  शाहरूखको  प्रेमिका हुन्छिन् । फिल्ममा शाहरूख र काजलको सुन्दर जोड़ी, वरुण र कृति बिचको रोमान्स सिन देख्न सकिन्छ । फिल्ममा  वरुणले शाहरूखको भाई र कृतिले  काजोलको बहिनिको भुमिका निभएका छन् । फिल्ममा ठुलो झडका तब लाग्छ जब काजोलको भुमिका  ग्रे शेडमा देखिन्छ ।
 
सन् १९९५ मा शाहरुख र काजोलको रोमांटिक जोड़ीले आदित्य चोपड़ाको निर्देशनमा सिल्वर स्क्रिनमा  जादू गरेको थियो । सायद यहि आसाका साथ  रोहितले यस  जोड़ीलाई  दर्शकहरु माझ पुन एक पटक प्रस्तुत गरेका छन् ।
 
कस्तो छ अभिनय 
शाहरुख, काजल वरुण वाहेक फिल्ममा  सहयोगी भुमिकामा कबीर बेदीले सराहनीय काम गरेका छन् । उनले काजलको बुवा र  शाहरुखको  दुश्मनको भूमिकामा निभाएका छन् । रोमान्स  बीच संजय मिश्रा, जोनी लीवर, बोमन ईरानी र वरुण शर्माले दर्शकलाई भरपुर हसाउने प्रयास गरेका छन् । दिलवाले पुर्ण रुपले  टिपिकल फिल्म रहेको छ । यसमा  इन्टरटेनमेन्टको  भरपूर मजा लिन सकिनेछ । यानी फिल्म रोमान्स, कमेडी, एक्शन, ड्रामा, डान्सवाट सुसजित  छ । यस फिल्ममा पनि रोहितले आफ्नो  एक्शन कार सिग्नेचर स्टाइललाई प्राथमिकतामा  राखेका छन् । फिल्ममा  तपाईले मंहगो र लग्जरी कारहरु हेर्न पाउनुहुनेछ । 
 
म्यूजिक
फिल्ममा रोमांटिक जोड़ीका साथै गीत पनि सुमधुर रहेका छन् । फिल्मको गीत उत्कृष्ट गितहरुको सुचि भित्र रहेका छन् । विशेष गरेर रंग दे तू मोहे गेरूआ र टूकूर-टूकूर दर्शकहरुको रुचिमा परेका छन् । 
 
हेर्ने कि नहेर्ने 
सबै मिलाएर  दिलवालेको बारेा  तीन शब्द भन्न सकिन्छ - अर्थात एन्टरटेनमेन्ट, एन्टरटेनमेन्ट र एन्टरटेनमेन्ट। राम्रो दृश्य सम्पादनको कारण  फिल्म काफी चुस्त र तेज रहेको छ । रोहितको निर्देशकिय क्षमताको कमालले  फिल्म हेर्दै गर्दा तपाईलाई  बोर हुने मौका मिल्ने छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ