arrow

मधेसी मोर्चाद्वारा वीरगन्ज बन्द

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
news_naka_birgunja.jpg.jpeg
वीरगन्ज । आन्दोलनरत मधेस केन्द्रित दलका कार्यकर्ताले आज बिहानदेखि वीरगन्ज बन्द गराएका छन् । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले पुस ३ गतेदेखि आन्दोलनलाई जारी राख्ने निर्णय गरेपछि उनीहरूले आज बिहानदेखि वीरगन्जका विभिन्न ठाउ“मा टायर बालेर प्रदर्शन गरिरहेका छन् । 
 
वीरगन्जको नगवा, विर्ता, घन्टाघर, बसपार्क, मुर्लीचोक, राधेमाई चोक, रानीघाटलगायत सहरका विभिन्न भागमा कार्यकर्ता प्रदर्शनमा उत्रिएका छन् । प्रदर्शनकारीले मोटरसाइकल, रिक्सा र ट्र्याक्टरसमेत चल्न दिएका छैनन् । बन्दका समयमा कुनै अप्रिय घटना हुन नदिन अहिले वीरगन्जमा व्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी केशव धिमिरेले बताउनुभयो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ