arrow

व्यवसायिक तरकारी खेतीमा बढ्दो आकर्षण

logo
प्रकाशित २०७३ पुष ३ आइतबार
kisan-naya-photo.jpeg

गणेश खनाल, रुकुम । परम्परागत खेती गर्दै आइरहेका रुकुम नुवाकोटका किसान व्यवसायिक तरकारी खेतीमा आकर्षित भएका छन् । परम्परतागत खेती भन्दा व्यवसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि किसानहरु व्यवसायिक तरकारी खेतीप्रति आकर्षित भएका हुन् ।

कम समय र थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि किसानहरु परम्परागत खेती छोडेर व्यवसायिक तरकारी खेतीतिर तानिका छन् । सेभ द चिल्ड्रेन र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजना अन्र्तगत  बाल गरिबी तथा पोषण कार्यक्रमबाट गठन गरिएका कृषि समूह व्यसायिक तरकारी खेतीमा लागेका हुन्  ।
 
अहिले यहाँका किसानको आम्दानी बढ्नुका साथै जीवनस्तरमा सुधार आएको कृषक प्रशाराम शर्माले बताए । उनले भने, ‘मैले पहिला करेसाबारीमा मात्र तरकारी लगाउँथे । यो कार्यक्रमले जनचेतना तथा प्राविधिक सहयोग गरी उत्पादनमा जोड दिएपछि अधिकांश कृषक व्यवसायिकतातर्फ अग्रसर भए ।’

तरकारी खेतीबाट राम्रो उत्पादन हुने र छिटो पैसा हातमा पर्ने हुनाले तरकारी खेती गर्नेको संख्या बढेको दमदमे कृषक समूहका विरभान ओलीले बताए । उनले भने, ‘परम्परागत खेती गर्दा ६ महिनादेखि एक वर्षसम्म कुर्नु पर्ने हुन्थ्यो । अहिले  व्यवसायिक तरकारी खेती गर्न थालेपछि तीन–तीन महिनाको फरकमा पैसा हात पर्दै आइरहेको छ ।

धान, मकै नलगाए वर्षभरी के खाने भनेर चिन्ता गर्ने किसानहरु समेत हिजो आज  धान मकैको ठाउँमा तरकारी खेती गर्न थालेका छन् । छोटो समयमा थोरै लगानीबाट राम्रो आम्दानी हुने भएपछि तरकारी खेतीतिर धेरैको आकर्षण बढेको उज्यालो कृषक समूहकी कृषक जककला घर्तिले बताइन् ।

उनले भनिन्, ‘घरमा २४ घण्टा पानी बगेर खेर गईरहेको थियो तरकारी खेतीबाट पनि पैसा कमाउन सकिन्छ भन्ने हामीलाई पहिले लागेको थिएन । एकिकृत कार्यक्रम हाम्रो गाउँमा आयो, करेसावारी र तरकारी खेतीको महत्व बुझाएपछि हिजोसम्म तरकारी किन्न बजार धाउने हामी थोरै भएपनि हिजो आज बजारसम्म बेच्न जाने भएका छौं ।’

किसानलाई व्यवसायिक तरकारी खेती तर्फ आकर्षित गर्न समूहमा क्षमता विकास गर्ने तालिमका साथै प्लाष्टिक टनेल, बीउ, र थोपा सिचाई जस्ता सामाग्री सहयोग गरेको रुकुमेली समाज विकास केन्द्रका अध्यक्ष नरबहादुर नेपालीले बताए ।

किसानलाई दिगो रुपमा कृषिमा आकर्षित गर्न क्षमता विकास सम्बन्धि तालिम दिँदै आइरहेको अध्यक्ष नेपालीको भनाइछ । सेभ द चिल्डे««न र रुकुमेली समाज विकास केन्द्रको साझेदारीमा सञ्चालित एकिकृत परियोजना रुकुमका चार गाविसमा सञ्चालित छ । जिल्लाका नुवाकोट, खोलागाउँ, सिम्ली र गरायला गाविसमा यो परियोजना लागु गरेर किसानको आय आर्जनमा सुधार आइरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ