arrow

पेट्रोल ठगविरुद्ध मुद्दै मुद्दा, साह र शर्मा मुख्य दोषी

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
ram-&-sarma.jpg.jpeg
काठमाडौं । पेट्रोल पम्पमा अतिरिक्त स्वीच तथा रिमोट जडान गरि ठगहरुलाई प्रसय दिइरहेका नापतौल तथा गुणस्तर विभाग निर्देशक रामआधार साह र नेपाल आयल निगम थानकोट डिपो प्रमुख रविनकुमार शर्माविरुद्ध ठगि तथा कालोबजारीको अभियोगमा मुद्दा दर्ता भएको छ । साह र शर्मा केही दिन अघि मात्र पक्राउ परेका थिए । 
 
सरकारले पम्प सञ्चालक सगै ठगीमा संलग्न रहेका सह सचिव साह र उपसचिव शर्माविरुद्ध काठमाडौ र ललितपुर दुबै जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । दर्ता रिटमा उनीहरुलाई मुख्य दोषी ठहर गर्दै कारबाहीको माग गरिएको छ । 
 
काठमाडौ जिल्ला अदालतमा दर्ता भएको मुद्दामा साह र शर्मासँगै क्रिस्टल फ्युल सप्लायर्सका प्रबन्धक कल्याणराज खड्का र सञ्चालक विष्णुबहादुर खड्का, डिलर एसोसिएशनका सचिव हेमविक्रम बराल एवं पेट्रोल पम्पमा रिमोट जडान गर्न मद्दत गर्ने अयुब आलम दोषी रहेको आरोप छ ।
 
काठमाडौ जिल्ला अदालतमै दर्ता भएको अर्को मुद्दामा समेत थानकोट प्रमुख शर्मा प्रतिवादी छन् । सो  रिटमा न्यू बङ्गलामुखी आयलको ठेक्का लिने सीताराम घिमिरे, धनबहादुर थापा र टङ्ककुमार श्रेष्ठ आरोपी छन् ।
 
ठगि र र कालोबजारी दुबै ऐन अनुसार आरोपीहरुलाई अधिकतम् पाँच वर्षसम्म कैद र एक करोडसम्म जरिवानाको माग गरिएको छ । ललितपुर जिल्ला अदालतमा दर्ता भएका सोही प्रकृतिका चार मुद्दामा प्रत्येकमा नापतौल विभागका तत्कालीन प्रमुख हाल विज्ञान, प्रविधि तथा वातावरण मन्त्रालयका सहसचिवका रुपमा कार्यरत साहलाई प्रतिवादी बनाइएको छ । 
 
मुद्दामा शिवप्रसाद तिमिल्सिना, अयुब आलम, शेख इस्तिहाज, महमद अब्बास, हामिद हुसेन, जनार्दन फुयाल, युनुस प्रधान, गोपाल महर्जन, शैलेन्द्रनाथ वादे श्रेष्ठ आरोपी छन् । चारै मुद्दामा सरकारले कुल एक करोड ८७ लाख ७८ हजार ८३३ विगो असुल गर्न भनेको छ ।  
 
ललितपुरमा मुद्दा दायर हुनेमा गायत्रीदेवी आयल स्टोर, महालक्ष्मी ट्रेडर्स, युनिक फ्युल सेन्टर र त्रिशक्ति फ्युलका सञ्चालक छन् ।मुलुकी ऐन २०२० को ठगीको महलको ४ नं मा कसुर गर्नेलाई पाँच वर्षसम्म कैद हुने उल्लेख छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ