arrow

सातौं राष्ट्रिय खेलकूद : महिला फुटबलमा विभागीय टोलीको निरन्तर जित

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
FC-women.jpeg

काठमाडौं ।  सातौं राष्ट्रिय खेलकूद–२०७३ अन्तर्गत महिला फुटबलमा नेपाल प्रहरी क्लब र त्रिभुवन आर्मी क्लबले विजयी यात्रा कायम गरेका छन् ।

सुनसरीको दुहवी रंगशालामा भएको खेलमा प्रहरीले पश्चिमाञ्चलमाथि ४–० को जित निकाल्यो । विजयी टोलीका लागि प्रनियोगिताको वुमेन अफ दि म्याच यशोदा लामाले खेलको १९औं मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाईन् ।

२९औं मिनेटमा निरु थापाले गोल गर्दै गोल संख्यालाई दोब्बर पारिन् । यस्तै, टोलीलाई मजबुत पार्ने क्रममा श्रृजना खड्काले खेलको ४६औं मिनटमा थप गोल थपिन् भने ५७औं मिनटमा मञ्जु गुरुङ्गले गोल गर्दै टोलीको जित सुनिश्चित पारिन् ।

अर्को खेलमा आर्मीले पूर्वाञ्चललाई ३–० ले हरायो । आर्मीका लागि सुष्मिता तामाङ्गले १५औं मिनटमा गोल गरिन् । खेलको ५४औं र ७०औं मिनेटमा इन्दिरा राईले गोल गदैं आर्मीको जित पक्का गरिन् । आर्मीकी ईन्दिरा राई ‘वुमन अफ द म्याच’ चुनिइन् । दुवै टोलीको यो लगातार दोश्रो जित हो ।

Image may contain: 1 person, playing a sport, child and outdoor

Image may contain: 3 people, people playing sports, child and outdoor



लोकप्रिय समाचार
नयाँ