arrow

‘जय माँ काली आयो गोरखाली’ बलिउड चलचित्र वेधा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
bedha-review-jaymakali-aayo.jpg

काठमाडौँ । बलिउड चलचित्र ‘वेदा’ ले गोर्खाको भाषा बोलेको छ । भारतीय गोर्खा सेनामा भर्ती भएका गोर्खालीको शक्ति देखाएको छ । ‘जय माँ काली आयो गोरखाली’ लाइन चलचित्रको नायक भारतीय गोर्खा सैनिकले हातको नाडीमा लखेर नेपाली गोर्खालीकोसमेत सम्मान गरेको छ । 

चलचित्रमा कथाले गोर्खा राइफल अफिसर मेजर अभिमन्यु कनवर (जोन इब्राहिम) लाई जता लगेको भए पनि जस्तोसुकै परिस्थितिमा गोर्खाले सत्यको साथ दिएको देखाइएको छ । 

खासमा यो चलचित्र भारतमा कथित तल्लो जातमाथि गरिएको ज्यादतीमा आधारित छ । जिल्लाका गाउँहरू जोडेर अथित रुपमा गठन गरिएको प्रधानको व्यवस्था र प्रधानका अगाडि प्रहरी प्रशासनसमेत कठपुतली बन्नुपर्ने अवस्था देखाइएको छ । 

जसमा कथित तल्लो जातिकी वेधा (शरवरी) ले बक्सिङ सिकेर विद्रोह गर्न तत्पर भएकी छिन् भने त्यही गोर्खा पल्टन जसले भारतीय सेनाबाट पाकिस्तानमा गएर अपराधी मारेर फर्किन्छ । तर कोर्ट मार्सल भएर जागिरबाट हात धोएपछि आफ्नी मृत्यु भएकी पत्नीको माइतीमा गएर बसेर वेधालाई साथ दिन्छ । 

कथामा विद्रोह गर्न सिकाइएको छ । जातभात त स्वार्थका लागि रचिएको रचना भएको उल्लेख गरी गरी बदला लिन चलचित्रमा देखाइएको छ । 

अभिमन्युले तत्काल बदला लिन सिकाए पनि वेधाले भने आफू पराजित नै भए पनि कानूनको सहारा लिन नछाड्ने अडान लिन्छिन् । अन्ततः उनको जित हुन्छ । यद्यपि आफूले अन्तिम सास लिनुअघि अभिमन्युले शासक प्रधानको ज्यान भने लिइसकेको हुन्छ । 

प्रधानले अधिकार आफ्नो हातमा लिएर जिल्लाको सबै घटनाको पेशी, कारबाही र फैसला सबै आफैँले गर्दै आइरहेको थियो । शक्तिका अगाडि सबै झुक्न बाध्य थिए । 

यो चलभित्र मनोज–बबली (२००७) र मीनाक्षी कुमारी (२०११) को भयानक वास्तविक घटनाबाट प्रेरित रहेकोसमेत उल्लेख छ । 

सन् २०११ मा सर्वोच्च अदालतले यो मामलाको सुनुवाइ गर्र्द ‘अरुमुगम सर्वई विरुद्ध तमिलनाडु राज्य (२०११) ६ एससीसी ४०५’ तथा एक ऐतिहासिक फैसलामा एक अष्ट्रेलियाली अदालतको रुपमा वर्णित गरेको थियो । 

भारतको सर्वोच्च अदालतले भन्यो, ‘यस्तो बैठक पूर्णरुपले अवैध हो तथा यसलाई गम्भीर रुपले अन्य गर्नुपर्छ । यो असत्य हो कि वेदले जाति व्यवस्थाको रचना गरेको हो ।’

अदालतले भनेको छ कि, ‘वेदले सबै मानिसका लागि एक जाति बताएको छ । अगाडिको विभाजनलाई ‘वर्ण’ भनेको छ जुन केवल पेशामा आधारित वर्गीकरण हो ।’

प्रायः बलिउडका चलचित्रमा नेपालीलाई ‘बहादुर’ भनेर नोकरको भूमिकामा देखाइए पनि यो चलचित्रले भने स–सम्मान ‘जय माँ काली आयो गोरखाली’ भनेर सम्मान दिएको छ । 

अशीम अरोडाको लेखन तथा निखिल अड्वानीको निर्देशनमा बनेको यो चलचित्र जोन इब्राहिम आफैँले निर्माण गरेका हुन् । 

जोनका चलचित्रमा एक्सन हुन्छ । यसमा एक्सनसँगै सन्देश पनि मिसिएको छ । करिब २ घण्टा २४ मिनेटको यो चलचित्र शुरु भएपछि सकिएको पत्तो हुन्न । अर्थात् अन्तिममा के हुन्छ भन्ने लगभग अगाडि नै तय भए पनि कथा भने बगेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ