arrow

चरिकोट अस्पतालमा निशुल्क अर्थोपेडिक सेवा

logo
प्रकाशित २०७३ पुष ४ सोमबार
doctor-banner.jpg.jpeg
दोलखा । दोलखा सदरमुकामस्थित प्रस्तावित चरिकोट अस्पतालले निशुल्क अर्थोपेडिक सेवा संचालनमा ल्याएको छ । सामान्य हार्डजोर्नीको समस्या आउँदा समेत उपचारको लागी राजधानी जानुपर्ने बाध्यतालाई मध्यनजर गर्दै दोलखामा सेवा विस्तार गरिएको अस्पतालले जनाएको छ ।
 
स्वास्थ्य क्षेत्रलाई अझ प्रभाबकारी बनाउने संस्थागत लक्ष्य एवम् प्रतिबद्धता अनुरुप साईन फ्युचर केयर ईन्टरनेसनलसँगको सहकार्यमा न्याय हेल्थ नेपाल र पोसिबलले हाडजोर्नीको उपचार सेवामा निकै प्रभाबकारी देखिएको नविनतम उपचार पद्धतिलाई दोलखामा भित्राएको अस्पतालका निर्देशक बुसन पी.के.डी. प्रसाईले बताए ।
 
विश्वको ५० भन्दा बढि राष्ट्रमा अंगालिएको यस उपचार पद्धती नेपालमा कार्यान्वयन गर्ने ११ औँ स्वास्थ्य संस्थामा समेत प्रस्तावित चरिकोट अस्पताल रहेको छ । नेपालका अन्य १० वटा अस्पतालमा हाडजोर्नीको उपचार सशुल्क गर्ने भएपनि चरिकोट अस्पतालले निशुल्क उपचार सेवा बिस्तार गरेको हो ।
 
ग्राण्डी अस्पतालका बरिष्ठ हाडजोर्नी बिशेषज्ञ भाष्कर राज पन्तले अर्थोपेडिक सेवा प्रदान गर्ने अस्पतालका डा. बिनोद दंगालले जानकारी दिए । नेपाल सरकार स्वास्थ्य मन्त्रालय र न्याय हेल्थ नेपालको व्यवस्थापनमा २०७२ माघ १० गतेबाट अस्पताल संचालनमा आएको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ