arrow

महिला साफ च्याम्पियनशिप

साफको उपाधिमा सबै टिमका आँखा, नेपाललाई ‘गोल्डेन चान्स’ [फोटोफिचर]

अहिले नभए कहिले ? यसअघिका छ संस्करणमध्ये पाँच पटक फाइनलमा, पाँचै पटक उपाधिबाट विमुख

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
saff-women-championship-2024-captains.jpg

काठमाडौँ । सातौँ महिला साफ च्याम्पियनशिप फुटबल प्रतियोगिता बिहीबारदेखि काठमाडौँमा शुरु हुँदैछ । तेस्रो पटक प्रतियोगिताको आयोजना गरिरहेको नेपाललाई उपाधि जित्ने यसअघि जस्तै यसपटक सुनौलो अवसर कायमै छ । 

अहिलेसम्मका सबै प्रतियोगितामा नेपालले भाग लिएको छ । नेपाल प्रमुख दावेदार पनि हो । तर उपाधि भने सधै खड्किइरहेको छ । यसअघिका ६ मध्ये पाँच ओटा फाइनलमा नेपाल पुगेर पनि उपाधि जित्नबाट चुकेको छ । 

नेपाल पाँच पटकको उपविजेता हो भने एक पटक फाइनलसम्म पनि पुग्न पाएन । भारत सबैभन्दा बलियो टिम हो । भारतले पाँच पटक उपाधि जितेको छ भने एक पटक बंगलादेशले जितेको छ । 

 यो संस्करणमा नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, माल्दिभ्स र भुटान सहभागी हुँदैछन् । नेपाल समूह बी मा श्रीलंका, माल्दिभ्स र भुटानसँग रहेको छ भने समूह ए मा भारत, बंगलादेश र पाकिस्तान रहेका छन् ।

प्रतियोगिताको पहिलो खेल बिहीबार भारत र पाकिस्तानबीच हुँदैछ । नेपालले शुक्रबार पहिलो खेलमा भुटानको सामना गर्दै छ ।

बुधबार सबै टिमका प्रशिक्षक र कप्तानले उपाधिमाथि आफूहरुको दाबी रहने बताएका छन् । सोही क्रममा नेपाली प्रशिक्षक र कप्तानले पनि स्वभाविक दाबी पेश गरेका छन् । 

नेपालकी कप्तान एञ्जिला तुम्बाप्पो सुब्बाले आफ्नो टोली सन्तुलित र बलियो रहेकाले च्याम्पियन बन्ने लक्ष्य रहेको बताइन् । 

उनले सबै टोली मेहनत गरेर च्याम्पियन बन्नकै लागि आए पनि यसपल्ट आफ्नो टोली सन्तुलित र बलियो रहेको विश्वास व्यक्त गरिन् । कप्तान एञ्जिला यसपल्ट आफ्नो टोलीको मेहनत खेर नजानेमा आशावादी देखिन्छिन् । 

डिफेन्समा समस्या हुँदा गोलकिपरले महत्वपूर्ण भुमिका खेल्नुपर्ने र यसमा राम्रो गर्नसके टोलीमा सुधार आउने उनको भनाइ छ । कप्तान एन्जिलाले अन्तर्राष्ट्रिय एक्सपोजर नभए पनि प्राप्त अवसरबाट उत्कृष्ट नतिजा निकाल्ने उद्देश्यअनुरूप खेल्नुपर्ने औंल्याइन् ।

नेपाली टोलीका प्रशिक्षक राजेन्द्र तामाङले घरेलु लिग सञ्चालन भएकाले दुई हप्ता मात्रै तयारी गरेको र योजनाअनुरूप तयारी गर्ने समय नमिलेको बताए । उनको यो भनाइले नेपालले उपाधि जित्ने संकेत गर्दैन । 

फिजिकल स्ट्रेन्थ र इन्डुरेन्समा काम गर्न नपाएको उनको भनाइ छ । प्रशिक्षक तामाङले यसबीच केही स्ट्राइकरहरू पनि विदेशमा रहेकाले टिममा एकसाथ प्रशिक्षण गर्ने अवसर नमिले पनि प्रतियोगिताका लागि आफ्नो टोली तयार रहेको बताए । 

उनी पनि डिफेन्समा कमजोरी रहेको स्वीकार्छन् । 

भारतले पाँच पटक उपाधि उचाल्दा गत संस्करण मात्र बंगलादेशले जितेको थियो । बंगलादेशका मुख्य प्रशिक्षक पिटर बटलरले युवा र अनुभवी खेलाडीसहित टोली सन्तुलित रहेको बताए । बंगलादेशले राम्रो तयारी गरेकाले डिफेन्डिङ च्याम्पियनका रूपमा खेल्ने पिटरको विश्वास छ । 

बंगलादेशकी कप्तान सविना खातुनले पनि यस च्याम्पियनसिपका लागि खेलाडीले धेरै मेहनेत गरेको र टोली सन्तुलित रहेकाले सुखद प्रदर्शन गर्नेमा आशावादी रहेको बताइन् । 

साफको सबैभन्दा बलियो टोली भारतका प्रशिक्षक सन्तोष कश्यपले सहभागी धेरै टोली बलियो रहेकाले र प्रतिस्पर्धात्मक खेलहरू हुने आशा व्यक्त गरे । प्रशिक्षक कश्यपले २१ दिन मात्रै तयारी गरे पनि ट्याक्टिल रूपमा राम्रा खेलाडीबीच टोली बलियो बनेको विश्वास व्यक्त गरे । 

भारतकी कप्तान आशालताले पनि राम्रो तयारी गरेको बताइन् । साथै उनले टोलीमा अनुभवी र युवा खेलाडीहरू रहेको पनि बताइन् । 

माल्दिभ्सका प्रशिक्षकले प्राप्त अवसरअनुसार राम्रो तयारी गरेको र आफ्नो उत्कृष्ट प्रदर्शन गर्ने बताए । कप्तानले भने आफ्नो टोलीले राम्रो तयारी गर्न नपाएको उल्लेख गरिन् । 

पाकिस्तानका प्रशिक्षक अदिल रिज्कीले तयारी राम्रो रहेको पछिल्लो संस्करणको तुलनामा यसपल्ट धेरै सुधारिएको टोली रहेको बताए । उनले यसपल्ट टोलीमा केही नयाँ खेलाडीहरू पनि रहेको उल्लेख गरे । भारतसँग पहिलो खेल भए पनि बिना दबाब खल्ने र दुई देशबीचको रोचक प्रतिष्पर्धामा राम्रो खेल प्रस्तुत गर्ने प्रशिक्षकको आशा छ । 

कप्तान मारिया खानले अन्तर्राष्ट्रिय प्रतिवन्धपछि आफ्नो टोली अन्तर्राष्ट्रिय प्रतिष्पर्धामा राम्रो लयमा फर्किएको उल्लेख गरिन् । दुई वर्षपछि नेपाल फर्किंदा सुधारका साथ आएकाले प्रतियोगिताका लागि उत्साहित रहेको मारियाको भनाइ छ । 

श्रीलंकन टोलीका प्रशिक्षक एमएच रुमीले राम्रो तयारी भएकाले कुनै पनि खेलाडीलाई गल्ती गर्ने छुट नरहेको बताएका छन् । पछिल्ला साफपछि श्रीलंकामा फुटबल खेल्न गाह्रो भएको प्रशिक्षकको भनाइ छ । 

श्रीलंकाका प्रशिक्षकले करिब ४० दिनको तयारीबाट टोली राम्रो आकारमा आएको बताए । श्रीलंकाकी कप्तान तुसान मधुसिकाले लामो समयदेखि तयारी गरेको र टिम पनि राम्रो रहेकाले यसपल्ट सुखद् प्रदर्शन गर्ने आशा व्यक्त गरिन् ।

भुटानले यस च्याम्पियनसिपका लागि लामो र प्रभावकारी तयारी गरेकाले आफ्नो टोली उत्साहित गरेको कप्तान पेमा छोडेन छिरिङले बताइन् । भुटानकी प्रशिक्षक निकोला डे मेनीले आफ्नो समूहमा राम्रो प्रदर्शन गर्दै दोस्रो चरणमा पुग्ने लक्ष्य रहेको बताइन् । 

सबै टिमका प्रशिक्षक र कप्तानको भनाइले कोही नेपालमा समय बरबाद गर्न आएका हैनन् भन्ने स्पष्ट हुन्छ । तर सबैभन्दा राम्रो ‘गोल्डेन चान्स’ भने उपाधिका लागि नेपाललाई नै छ । 

अन्य टिमसँग ११ खेलाडी मैदानमा हुँदा नेपाललाई घरेलु समर्थक वा दर्शक (१२ औँ खेलाडी) को साथ हुनेछ । घरेलु मैदानमै दुई पटक मौका गुमाएको भए पनि तेस्रो पटक भने खेलाडीलाई पनि गल्ती गर्ने छुट छैन । 

saff-women-championship-2024 (1).jpg
saff-women-championship-2024 (2).jpg
saff-women-championship-2024 (3).jpg
saff-women-championship-2024 (4).jpg
saff-women-championship-2024 (5).jpg
saff-women-championship-2024 (6).jpg
saff-women-championship-2024 (7).jpg
saff-women-championship-2024 (8).jpg
saff-women-championship-2024 (9).jpg
saff-women-championship-2024 (10).jpg
saff-women-championship-2024 (11).jpg
saff-women-championship-2024 (12).jpg
saff-women-championship-2024 (13).jpg
saff-women-championship-2024 (14).jpg
saff-women-championship-2024 (15).jpg
saff-women-championship-2024 (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ