शैलेन्द्र रोकाया, बझाङ । जिल्लाका बादी समुदायहरुले आफ्ना केटाकेटीहरुको शिक्षा दिक्षाको लागी चाँसो नदिदा यिनिहरुका वालवालीकाहरुको भविस्य विग्रदै गएको छ । बादी समुदायमा वालवालीकाहरुका लागी पढ्नै वातावरण नहुनु र अभिभावकहरुले केटाकेटीहरुको पढाई सुधारका लागी ध्यान नदिदाँ बादीबालवालीकाहरु साधारण शिक्षा वाट समेत बन्चित भएका छन् । बादी बस्तीमा स्कुल उमेरका थुपै वालवालीका भएपनि यिनिहरु विद्यालय नगएर खोलाका किनारमा माछा मार्ने , गुलेली खेलेर चरा मार्ने र दिनभरी बजारमा डुलेर दिनकाट्ने जस्ता काम गरेको देखीन्छ ।
बादी वालवालीकाहरुमा विद्यालयमा पढ्ने प्रति कुनै चाँसो छैन नमुना निमावीका प्रअ गजेन्द्र रसाईली बताउनु भयो । विद्यालयमा नियमित पनि आउदैनन विचैमा स्कुल छोड्ने गर्दा हाल सम्म त्यहाँ पढेलेखेको कोही छैन । उहाले अभिभावकहरुको बेवास्था र जनचेतना नभएर बच्चाहरुके भविस्य बिग्रदै गएको हो । नमुना निमावीमा कक्षा १ देखी ५ कक्षा सम्म १७ जना विद्यार्थी बादी वालबालीकाहरुले नाम लेखाएको भएपनि दुई तिन जनामात्र विद्यालय आउने गरेको पनि उहाँले जानकारी दिनु भयो । विहानै उठेर माग्नका लागी गाँउ बजारमा हिड्ने वादीहरु दिउसो मात्र घरमा आएर खाना बनाउन्छन् । स्कुल जाने समयमा घरमा खाना पनि पाक्दैन कक्षा १ मा पढ्ने विजय वादीले भने बुबा आमा रक्सी आएर आउन्छन् हाम्रो पढाईको उनिहरु लाई चिन्ताछैन कसरी पढ्ने । घरहरु साँघुरा छन् पढ्ने ठाँउछैन , राती किताब पढ्न उज्यालोको व्यवस्था केहि हुदैन अर्को सुनिल बादीले भने खाना पनि ठिक समयमा पाईदैन रक्सी खाएर बुबाआमाको झगडा सुन्नमै रात वित्छ ।
विजय सुनिल संगै एक दुई कक्षामा पढ्ने रवि, भुवन, सविता, सुर्मा, सुरत, अनिलले स्कुल भर्ना नगरि स्कुलै पढ्न छोडि सकेका छन् । हाम्रो समुदायमा हाम्रो पढाई सुधारहुनै सक्दैन बाल मन्दिर निमावी कक्षा ६ मा पढ्ने मनिसा कुमारी वादीले भनिन् हामीहरु लाई यो ठाँउवाट अन्त लिएर पढ्न व्यवस्था भए हामी पढ्न सक्छौ । सवै भन्दा गरिब विपन्न पछाडी परेको बादी समुदाय बाट हाल सम्म कुनैपनि व्यक्तिले हाईस्कुल सम्मको शिक्षा लिएको छैन । मजदुरी र मागेर खाने वादीहरुका महिलाहरु देहव्यापरमा पनि संलग्न छन् ।