arrow

कांग्रेसको सदस्यता विवादमा चर्को बहस, छानबिन प्रतिवेदन सच्याउन माग

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
Cognress.jpg.jpeg
काठमाडौं । आसन्न १३ औं महाधिवेशनको तयारीबारे छलफल गर्न जारी कांग्रेस केन्द्रीय समिति बैठकमा पार्टीको क्रियाशील सदस्यता छानबिन समितिको प्रतिवेदन अपुरो रहेको टिप्पणी गरेका छन् । वुधबारबाट पार्टी केन्द्रीय कार्यालयमा जारी छलफलमा केन्द्रीय सदस्यहरुले छानबिन समितिको प्रतिवेदन हेरफेर गर्नुपर्ने माग गरे । 
 
शुक्रबार धारणा राख्ने अधिकांश सदस्यहरुले सदस्यता सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ नगरिएको, बिना मापदन्ड मतदानको अधिकार दिने र नदिने भनिएको, विवाद मिलाउने समितिले राम्ररी काम गर्न नसकेको भन्दै प्रतिवेदन हेरफेरको माग गरेका हुन् ।
 
शुक्रबार केन्द्रीय सदस्यहरु बलबहादुर केसी, प्रकाशशरण महत, शेखर कोइराला, कृष्णचन्द्र नेपाली, नविन्द्रराज जोशी, अम्बिका बस्नेत, सुरेन्द्रराज पाण्डे, बद्री पाण्डेले धारणा राखे । यस्तै,  ईश्वरी न्यौपाने, सिता गुरुङ, पार्वता डीसी चौधरी, केशवकुमार बुढाथोकी, गोविन्द भट्टराई र आमन्त्रित केन्द्रीय सदस्य भोला चौधरीले प्रतिवेदन हेर फेरको माग गरे । 
 
केन्द्रीय सदस्य नरहरि आचार्य संयोजकत्वको समितिले क्रियाशील सदस्यता छानबिन गरेर प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेको थियो । बैठकमा सदस्यहरुले धारणा राख्नेक्रम अझै सकिएको छैन । बैठकले आइतबार विहान ११ बजे पुनः निरन्तरता पाउनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ