arrow

यस वर्ष पनि चासोक तङनाम पाँचथरमा भब्यताका साथ मनाईने

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
Panchthar-hamrakura.jpg.jpeg
जितेन्द्र भण्डारी, पाँचथर । चार जातीले मनाउने चासोक तङनाम यस वर्ष पनि पाँचथर सदरमुकाम फिदिममा भब्यताका साथ मनाइने भएको छ । “चासोक महोत्सव २०७२ को शान,कला,संस्कृति पर्यटन हाम्रो अभियान” भन्ने मुलनाराका साथ चासोक तङनाम पाँचथर सदरमुकाम फिदिममा यस वर्ष पनि पौष ९ देखि १५ गतेसम्म मनाईने भएको हो ।लिम्बू,राई,सुनवार,याक्खा समुदायले संयुक्त रुपमा मनाउने चासोक तङनाम यस वर्ष पनि विविध कार्यक्रम गरी मनाइन लागेको आयोजक किराँत याक्थुङ चुम्लुङ जिल्ला शाखा पाँचथरका संयोजक बुद्दराज ईङवाले जानकारी दिनुभयो ।
 
उहाँका अनुसार पौष ९ गते घर–घरमा दिपावली,पौष १० गते सुम्जिरी सुम्हात्लुङ,लुङ आम्बेपजमा पूजा पाठ सांस्कृतिक झाँकी,छेलो,तिर हान्ने खेल तथा महोत्सव उद्घाटन,लिम्वू भाषामा कविता प्रतियोगिता,पालाम सम्वन्धी कार्यपत्र प्रस्तुत,टिप्पणी र पाला प्रतियोगिता,आदिवासी जनजाति लघु चलचित्रको प्रर्दशनी लगायतका कार्यक्रम संचालन गरिने छ ।
 
ती समुदायको संस्कार संस्कृति,भेषभूषा,गीत,सँगित,खानपिन,ज्ञान,विज्ञान र प्रविधिको संरक्षण,संर्वद्दन र प्रर्वद्दन गरी नयाँ पुस्तामा हस्तान्तरण गर्ने उदेश्यले चासोक तङनाम मनाउन लागिएको कार्यक्रम संयोजक ईङवाले वताउनुभयो । जिविस पाँचथर,नेपाल पर्यटन बोर्ड काठमान्डौँ,जिल्ला कृषि विकाश कार्यालय पाँचथर, र घरेलु तथा साना उद्योग विकाश समिती,फिदिम नगरपालिकाले उक्त कार्यक्रमको प्रर्वद्दन गर्नेछन् । लिम्वू भाषामा चासोक को अर्थ उब्जाइएको,फलाएको नयाँ अन्न बालि चढाउने पूजा हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ