arrow

केएमसीमा निःशुल्क शल्यक्रिया गर्न सर्लाहीबाट आए ९० बिरामी [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
kmc-building-07.jpg

काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) मा निःशुल्क शल्यक्रिया गर्नका लागि सर्लाहीबाट बिरामीहरु आएका छन् । 

केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार गत सोमबारदेखि सर्लाहीबाट बिरामीहरु शल्यक्रियाका लागि आउने क्रम जारी रहेको छ । 

अहिलेसम्म ९० जना आइसकेका छन् भने आउने क्रम जारी नै रहेको छ । पछिल्लो पटक सर्लाहीको बरहथवा नगरपालिकाबाट बिरामी आएका हुन् । 

उनीहरुको शल्यक्रिया सबै निःशुल्क हुने उनले बताए । औषधि भने बिरामीले किन्नुपर्ने उनले बताए । 

केही समयअघि केएमसीको टोलीले सर्लाहीका विभिन्न पाँच स्थानमा निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । सो क्रममा शल्यक्रिया गर्नुपर्ने भनी रेफर गरिएका बिरामीहरु अहिले आएका हुन् । 

हिरापुर, बलरा र कौडिन्याबाट पनि बिरामीहरु शल्यक्रियाका लागि आएका छन् । 

त्यसैगरी सप्तरीबाट पनि शल्यक्रियाका लागि बिरामीहरु आउने क्रम हुन शुरु हुन थालेको छ । 

डा. शर्माले सम्हालेपछि केएमसी र नोबेलले सेवा सुविधा थपेको छ भने सामाजिक उत्तरदायित्व अन्तर्गत देशका विभिन्न भागमा पुगेर निरन्तर निःशुल्क स्वास्थ्य शिविर गर्दै आएको छ भने शल्यक्रिया पनि निःशुल्क गर्दै आएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ