arrow

कोपा डेल रे फुटबलमा दश खेल हुँदै, बार्सिलोनाको भिडन्त हर्कुलससंग

logo
प्रकाशित २०७३ पुष ६ बुधबार
FOT-n.jpeg

क्याम्प नोउ । स्पेनिश घरेलु फुटबल प्रतियोगिता कोपा डेल रे अन्तर्गत बुधबार राति १० खेल हुँदैछन् । राति ११ः४५ बजे आइबरले स्पोर्टिङ गियोनसंग तथा सेभिल्लाले फर्मेन्टेरासंग खेल्दैछ । राति १२ः४५ बजे एलाभेसले जिम्नास्टिकसंग तथा सेल्टाभिगोले मुर्सियासंग खेल्नेछ ।

त्यस्तै राति १ः४५ बजे पाँच खेल हुँदैछन् । डेपोर्टिभो लाकोरुनाले रियल बेटिससंग, ओसासुनासले ग्रानाडासंग, भ्यालेन्सियाले लेगनेससंग, स्पानियोलले एल्कोर्कनसंग र एथलेटिक बिलबाओले रेसिङ सान्टान्डारसंग खेल्दैछ । २ः४५ बजे भने बार्सिलोनाको भिडन्त हर्कुलससंग हुनेछ ।

यसअघि मंगलबार रातिका खेलमा एथलेटिको मड्रिडले गुइजुएलोलाई ४–१ ले, कोर्डोबाले मालागालाई ४–३ ले तथा लस पल्मसले हुएस्कालाई २–१ ले हरायो । रियल सोसिडाड र भल्लाडोलिडले १–१ को तथा भिल्लारियल र टोलेडोले १–१ कै बराबरी खेलेका थिए ।



नयाँ