arrow

डा. रेग्मी शान्ति पुरस्कार वैद्य र उडलाई

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
DKRM_programme_2072_09-03_2.jpg.jpeg
काठमाडौं । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कार–२०७२ प्रा.डा. तुलसीराम वैद्यलाई प्रदान गरिने भएको छ । वैद्यलाई इतिहास, संस्कृति तथा अनुसन्धानमा उल्लेखनीय योगदान पुर्‍याएबापत सो पुरस्कार प्रदान गरिने डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समिति अध्यक्ष डा. तुलसीप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
 
यस्तै, डा. डिल्लीरमण रेग्मी अन्तर्राष्ट्रिय शान्ति परस्कार–२०७२ रुम टु रिडका संस्थापक अमेरिकी नागरिक जोन उडलाई प्रदान गरिने भएको छ । शिक्षाको विकासमा नेपाल तथा विश्वमा उल्लेखनीय योगदान पु¥याएबापत उडलाई सो पुरस्कार प्रदान गरिने समिति अध्यक्ष डा. भट्टराईले जानकारी दिनुभयो । डा. डिल्लीरमण रेग्मी राष्ट्रिय शान्ति पुरस्कारमा रु. १ लाख दगद राशिका साथै सम्मान पत्र रहेको छ भने अन्तर्राष्ट्रिय शान्ति पुरस्कारमा नेपाली संस्कृति झल्कने मायाको चिनो र सम्मान पत्र रहेको छ । डा. डिल्लीरमण रेग्मीको १०३औं जन्मजयन्तीको अवसरमा डिल्लीरमण–कल्याणी रेग्मी स्मारक पुस्तकालय विकास समितिद्वारा पुस ३ गते शुक्रबार लाजिम्पाटस्थित आफ्नै सभाहलमा श्रद्धाञ्जली कार्यक्रमको अवसरमा सो पुरस्कार घोषणा गरेको हो । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ