arrow

बढुवा रोकिएका ४ डिआइजी एआइजी हुने पक्का, सरकारी पुनरावलोकन खारेज

logo
प्रकाशित २०७२ पुष ३ शुक्रबार
suprim-cort.jpg.jpeg
काठमाडौं । सर्वोच्च अदालतले डिआइजी बढुवाबारे सरकारले दर्ता गरेको पुनरावलोकन निवेदन खारेज गरेको छ । पुनराबलोकन खारेजपछि बढुवा रोकिएका चार डिआइजी एआइजी हुने पक्का भएको छ । नेपाल प्रहरीमा रिक्त एआइजीका लागि १३ डिआइजीको बढुवा हुन लागेकामा ९ जनाको बढुवा यसअघिनै भएको थियो।
 
बढुवा सिफारिस समितिले सार्वजनिक गरेको सूची चित्त नबुझेका चार अधिकारी बढुवा सिफारिस पुनरावलोकन समिति गएका थिए। त्यहाँ उनीहरुको पक्षमा निर्णय भएपछि सरकार सो कार्यान्वयन नगरि सोको पुनरावलोकनका लागि सर्वोच्च गएको थियो। शुक्रबार प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुशीला कार्की र देवेन्द्रगोपाल श्रेष्ठको संयुक्त इजलासले सरकारी पुनरावलोकन निवेदन खारेज गरेको हो ।
 
बढुवा रोकिएका डिआइजीहरु यादव अधिकारी, पर्शुराम खत्री, सुशीलवर सिंह थापा र विश्वराज सिंह शाही कानुनतः एआइजी हुने बाटो खुलेको छ । यसअघि समेत फैसला यी चारैको पक्षमा भएको थियो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ