विशेष कारण भन्दै संसद् बैठक स्थगित, अब क्रिसमसकाे दिन बस्ने
प्रकाशित मिति : २०७३ पौष ७ बिहिबार

काठमाडौं । व्यवस्थापिका संसद्को आज बस्ने भनिएको बैठक पनि विशेष कारण भन्दै सूचना टाँस गरी स्थगित गरिएको छ । संसद्मा सरकारले संविधान संशोधनको लागि विधेयक दर्ता गरेसँगै प्रमुख प्रतिपक्षी दलको नेकपा एमालेले संसद् अबरोध गर्दै आईरहेको बेला बिहीबारको लागि बोलाईएको बैठक भने सूचना टाँस गरी स्थगित गरिएको हो । प्रतिपक्षी दल एमालेको अवरोधकै कारण पटकपटक संसद् बैठक स्थगित हुँदै आईरहेको छ ।
दलहरूबीच सहमति नहुँदा सरकारपक्षीय दल संशोधन प्रस्ताव फिर्ता नलिने र विपक्षी दल कुनैपनि हालतमा संसद् चल्न नदिने अडानमा देखिएपछि लामो समयदेखि संसद् अबरोध हुँदै आईरहेको हो । अबको बैठक पुष १० गते क्रिसमसको दिन बोलाईएको संसद् सचिवालयका सहप्रवक्ता सुदर्शन कुर्इकेलले जानकारी दिए ।
प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">