arrow

रास्वपालाई देउवाको सुझावः लामिछाने पक्राउ पर्दैमा अनावश्यक होहल्ला गर्न आवश्यक छैन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २५ आइतबार
sherbahadur-deuba-81-3-17.jpg
तस्बिर – फाइल ।

धनगढी । सत्तारूढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सभापति पक्राउ पर्दा रास्वपाका नेता तथा कार्यकर्ताहरुले अनावश्यक हो हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका छन् । 

गृहजिल्ला डडेल्धुरा जाने क्रममा धनगढी विमानस्थलमा पत्रकाहरुसँग कुराकानी गर्दै सभापति देउवाले कांग्रेसका नेताहरूलाई मुद्दा लाग्दा आफूहरुले कहिल्यै हल्ला नगरेको भन्दै रास्वपालाई पनि हो(हल्ला गर्न आवश्यक नरहेको टिप्पणी गरेका हुन् ।

साथै उनले लामिछानेले अदालती प्रक्रियालाई सघाउनुपर्ने बताए । सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार निर्वाध रुपमा अघि बढ्ने र कांग्रेस–एमालेबीच भएको ७ बुँदे सहमति पूर्ण रुपमा कार्यान्वयन हुने स्पष्ट पारे ।

सभापति देउवा गृहजिल्ला डडेल्धुरामा करिब एक साता बसेर विभिन्न स्थानीय कार्यक्रममा सहभागी हुने तालिका रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ