रविलाई भैरहवा ल्याउँदै गर्दा संचारकर्मीलाई सूचना संकलनमा रोक
नारायण वली,
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
844
Shares
भैरहवा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देही ल्याइँदैछ ।
उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल हुँदै बुटवल लगिने छ । कम भिजिबिलिटीका कारण यतिको जहाज उड्न अझै सकेको छैन ।
यता उनको भिडियो लिन र तस्बिर खिच्न आतुर संचारकर्मीलाई भने गौतमबुद्ध विमानस्थलमा प्रवेश दिइएको छैन । हर प्रयास गर्दा पनि सुरक्षा घेरा बनाएर संचारकर्मीलाई रोकिएको हो ।