- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
पोखरा । नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीको अध्यक्षमा देवराज बराल निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समिति उपाध्यक्षमा जगन्नाथ गौतम, सचिवमा फडीन्द्रराज पराजुली छन् ।
यस्तै सदस्यमा चित्रप्रसाद खनाल, मोतीलाल वस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यमबहादुर रानाभाट, रामप्रसाद तिमिल्सिना, रमा कार्की, जीवनजंग हीमाली, टीकाराम बास्तोला, चिरन्जीवि अधिकारी, सोमनाथ अधिकारी, गोमा सुवेदी, राधा गौतम र हाईसुव्वा गुरुङ्ग छन् ।
यस्तै महाधिवेशन प्रतिनिधिमा कृष्ण मुरारी खनाल, तीर्थराज अधिकारी, नवीनवावु पौडेल, भूपेन्द्र बहादुर रानाभाट, भरतराज पौडेल, शोभाचन्द्र बराल र दयासागर सुवेदी छन् ।
सोही अवसरमा कांग्रेसको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने २३ जना अग्रज प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको छ ।
सम्मानित हुनेमा लीलाभक्त आचार्य, भोजराज भण्डारी, केशव पराजुली, कृष्णमुरारी खनाल, मित्रलाल लामिछाने, कोमल पगेनी, पुलेन्द्रमान श्रेष्ठ, हरिबहादुर परियार, मेघमणि सुवेदी, केशबहादुर विक, भवानीप्रसाद बास्तोला, गंगामाया गुरुङ, भोला लामिछाने, विश्वनाथ रानाभाट, शकुन्तला गुरुङ, पुष्पराज पौडेल, बलबहादुर गुरुङ, हर्कबहादुर सुनार, अनन्तनाथ सुवेदी, खलिल मियाँ, नन्दप्रसाद तिवारी, देवीप्रसाद बस्ताकोटी, हाजी नसीरुद्दीन मियाँ छन् ।
उनीहरुलाई पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल र कास्की कांग्रेस सभापति किशोरदत्त बरालले सम्मान गरेका थिए ।
उक्त अवसरमा पूर्वसभामुख रानाभाटले पार्टीको प्रत्येक गतिविधिमा सेनानी संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेल, संघका केन्द्रीय अध्यक्ष दाहाल, पूर्वमन्त्री थापा, संघका केन्द्रीय प्रतिनिधि भरत भट्ट, कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी र महिला संघ जिल्ला अध्यक्ष मीना पाण्डेलगायतले बोलेका थिए ।
संघका अध्यक्ष नवीनवावु पौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थ अधिकारीले स्वागत तथा सञ्चालन सचिव दयासागर सुवेदीले गरेका थिए ।