पोखरा । नेपाल प्रजातन्त्र सेनानी संघ कास्कीको अध्यक्षमा देवराज बराल निर्वाचित भएका छन् । संघको बिहीबार सम्पन्न दोस्रो अधिवेशनले बराललाई सर्वसम्मत अध्यक्षमा चयन गरेको हो । समिति उपाध्यक्षमा जगन्नाथ गौतम, सचिवमा फडीन्द्रराज पराजुली छन् ।
यस्तै सदस्यमा चित्रप्रसाद खनाल, मोतीलाल वस्ताकोटी, राममणि भट्टराई, टेकनाथ घिमिरे, यमबहादुर रानाभाट, रामप्रसाद तिमिल्सिना, रमा कार्की, जीवनजंग हीमाली, टीकाराम बास्तोला, चिरन्जीवि अधिकारी, सोमनाथ अधिकारी, गोमा सुवेदी, राधा गौतम र हाईसुव्वा गुरुङ्ग छन् ।
यस्तै महाधिवेशन प्रतिनिधिमा कृष्ण मुरारी खनाल, तीर्थराज अधिकारी, नवीनवावु पौडेल, भूपेन्द्र बहादुर रानाभाट, भरतराज पौडेल, शोभाचन्द्र बराल र दयासागर सुवेदी छन् ।
सोही अवसरमा कांग्रेसको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्याउने २३ जना अग्रज प्रजातन्त्र सेनानीलाई सम्मान गरिएको छ ।
उनीहरुलाई पूर्वसभामुख एवं नेपाली कांग्रेसका पूर्वमहामन्त्री तारानाथ रानाभाट, पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रजातन्त्र सेनानी संघका केन्द्रीय अध्यक्ष बालकृष्ण दाहाल, नेपाली कांग्रेसका केन्द्रीय सदस्य शारदा पौडेल र कास्की कांग्रेस सभापति किशोरदत्त बरालले सम्मान गरेका थिए ।
उक्त अवसरमा पूर्वसभामुख रानाभाटले पार्टीको प्रत्येक गतिविधिमा सेनानी संघको भूमिका महत्वपूर्ण रहेको बताए ।
कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य पौडेल, संघका केन्द्रीय अध्यक्ष दाहाल, पूर्वमन्त्री थापा, संघका केन्द्रीय प्रतिनिधि भरत भट्ट, कांग्रेस गण्डकी प्रदेश सहमहामन्त्री कोपिला रानाभाट, कास्की कांग्रेसका निवर्तमान सभापति कृष्ण केसी र महिला संघ जिल्ला अध्यक्ष मीना पाण्डेलगायतले बोलेका थिए ।
संघका अध्यक्ष नवीनवावु पौडेलको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष तीर्थ अधिकारीले स्वागत तथा सञ्चालन सचिव दयासागर सुवेदीले गरेका थिए ।