arrow

महायज्ञको आयव्यय ८ महिनासम्म अन्योलमा

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Rukum.jpg.jpeg
दिलिप खड्का, रुकुम । रुकुमको हिमालय उच्च माध्यामिक विद्यालय खोलागाउँले ८ महिना अघि आयोजना गरेको श्रीमदभागवद महायज्ञको आयव्यय अझैसम्म पनि सार्वजनिक गरेको छैन । कार्यक्रम सकिएको केहि समय पछि आयब्यय सार्वजनिक गर्ने बताएको भएपनि हालसम्म आर्थिक प्रतिवेदन सार्वजनिक हुन नसकेको हो । 

विद्यालयको भौतिक तथा शैक्षिकस्तर सुधारको लागि भन्दै गएको फाल्गुन २५ गते देखि चैत्र ७ गतेसम्म सप्ताहव्यापी रुपमा महायज्ञ सञ्चालन गरिएको थियो । विद्यालय व्यवस्थापन समितिका सदस्यहरुले पटक पटक हिसाव कितावको सार्वजनिक सुनाई गर्न माग गरेको भएता पनि हालसम्म विद्यालय प्रशासन कार्यक्रम संयोजक र निर्देशकहरुले नटेरेको वताईएको छ । 

महायज्ञ सञ्चालनको जिम्मा लिएका व्यक्तिहरुले विद्यालय व्यवस्थापन समितिको मागलाई व्यवास्ता गरेपछि महायज्ञबाट संकलन भएको रकम हिनामिना भएको हुन सक्ने आशंका गरिएको समितिका सदस्य शकंर वुढामगरले जानकारी दिए ।  हिमालय उच्च माध्यमिक विदालयको स्वर्ण जयन्तीको अवसर पारी आयोजना गरीएको महोत्सवमा १ सय ८ राष्ट्र शान्ति महायज्ञका कथावाचक श्री गोविन्द शरणले कथा वाचन गरेका थिए । 

महायज्ञमा जिल्लाको विजयश्वरी, खोलागाउँ, नुवाकोट , पुर्तिमकाँडा लगाएत झण्डै आधा दर्जन गाविसका स्थानियवासी शिक्षक वुद्धिजिवी, व्यापार व्यवसायी, कार्यालय प्रमुख एवम् सर्वसाधारण व्यक्तिहरुले विद्यालयको नाममा १ करोड ३० लाख नगद र भुमि, अन्न, काठ, फलफुल गौदान गरी कुल साढे १ करोड दान गरेको आयोजकले वताएको थियो । 

महायज्ञमा दाताहरुले प्रदान गरेको दानराशी वाट विद्यालय व्यवस्थापन कृषि जे.टि.ए. प्राविधिक शिक्षा, प्रयोगशाला भवन निर्माण तथा पुस्तकालय स्थापना गर्ने लक्ष्य राखिएको भएता पनि हाल सम्म कुनै पनि कामको सुरुवात नहुँदा दाताहरुले समेत आसंका गर्न थालेका छन । महोत्सव वाट उठेको रकमले विद्यालयको शैक्षिक एवम भौतिक व्यवस्थापन गरी विद्यार्थीहरु लाई उच्च शिक्षाको चेतना जगाएर रोजगारी सृजना गर्न थप मदत पु¥याउने कुरा भाषणमा मात्र सिमित हुने हो कि भन्ने चिन्तामा खोलागाउँवासीहरु पुगेको वताईएको छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ