arrow

साहित्यको संरक्षण गर्न सरकार तयार : मन्त्री थापा

साहित्यिक सङ्ग्राहलय स्थापनाको सहयोगार्थ आजबाट काव्य सप्ताह सुरु

logo
प्रकाशित २०७३ पुष ९ शनिबार
gagan-thapa-at-kabya.jpeg
काठमाडौं । साहित्यिक सङ्ग्राहलय स्थापनाको सहयोगार्थ कपन–बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाको आयोजनामा शनिबारबाट काव्य सप्ताह सुरु भएको छ । 
 
शनिबार राजधानीको साहित्य सदन नेपाल रामहिटि बौद्धमा उक्त सप्ताहको सुरु भएको हो । सप्ताहको उद्धघाट्न स्वास्थ्यमन्त्री गगनकुमार थापाले गरेका हुन् । 
कार्यक्रममा विविध साहित्यिक गतिविधिसँगै काव्य गोष्ठी समेत रहने कार्यक्रमका संयोजक कपन–बानेश्वर साहित्यिक साप्ताहिक पत्रिकाका सम्पादक निबन्ध आचार्यले जानकारी दिए । आचार्यका अनुसार सङ्ग्राहलयको स्थापनार्थ हुन लागेको उक्त कार्यक्रममा आधा घण्टाको दरले एक हप्तामा एक सय जना श्रष्टाका एकल रचना बाचन हुनेछ । 
 
सप्ताहको उद्धघाट्न गर्दै मन्त्री थापाले साहित्यिक संग्राहलयको स्थापना गर्नको लागि पवित्र उधेश्य लिएर पत्रिकाले अनुकरणीय काम गरेको भन्दै सरकार यो अभियानलाई सफल बनाउन गम्भिर रहेको प्रतिवद्धता व्यक्त गरे । 
 
उनले भने,‘यो महान अभियान हो, जनताको तहबाट यसमा आजैबाट साझेदारी भैसकेको छ, यसमा सहयोग गर्नको लागि म आफू पनि व्यक्तिगत रुपमा र सरकारको तर्फबाट के कति गर्न सकिन्छ यसमा बसेर छलफल गर्न तयार छु ।’ उनले सप्ताहमा नयाँ तथा पूराना साहित्यिक स्रष्टाहरु एकै थलोमा जमघट हुने अवसर पाउने उल्लेख गर्दै भने,‘नयाँ प्रतिभाहरुले आफ्नो प्रतिभाहरु प्रस्तुत गर्ने अवसर पाएका छन् भने पाका सर्जकहरुले पनि नयाँ सँग साक्षात्कार हुने अवसर पाएका छन्, यो एउटा गजबको संयोग हो ।’
 
कार्यक्रममा एकल काव्य बाचनमा भाग लिने श्रष्टाका कृतिको प्रर्दशनी तथा बिक्रि कक्षपनि राखिएका छन् । यो सप्ताहबाट करिब दुई करोड रकम संकलन गर्ने लक्ष्य राखिएको र उठेको रकम संग्रालयको स्थापना गर्ने संयोजक आचार्यले बताएका छन् ।
 
उक्त संकलित रकमबाट बरिष्ठ साहित्यकार पूर्ण प्रकाश नेपाल (यात्री) को करिब आधा रोपनी जग्गामा रहेको भवनसहितको जग्गा खरिद गरि साहित्यिक संग्राहलय स्थापना गरिने आयोजकले जनाएको छ । आयोजकका अनुसार काठमाडौं जिल्लाको उत्तर पुर्वी भेगलाई साहित्यिक पर्यटकीय स्थलको रुपमा विकास गर्ने अभिप्रायले संग्राहलय स्थापना गर्न लागिएको जनाएको छ । 
 
शनिबारबाट सुरु भएको उक्त सप्ताह आगामी १५ गतेसम्म चल्ने छ । कार्यक्रम बिहान नौ बजेदेखि साझ पाँच बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । उद्धघाट्न सत्रमा स्रष्टाहरु डा. रामप्रसाद ज्ञवाली, रमेश शुभेच्छु, दिव्य गिरी, परशुराम पराजुलीले आफ्नो रचना प्रस्तुत गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ