arrow

भूकम्पको क्षति बारे सूचना लिइदै

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
bajura.jpg.jpeg
भीमदत्तनगर। सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरालाई केन्द्रबिन्दु बनाएर शनिवार बिहान भूकम्प आएपछि बाजुरा प्रहरीले सुरक्षा सर्तकता बढाएको छ । 

बिहान ४ः०० बजेर २ मिनेटमा बाजुराको जगन्नाथ र बादु आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ५।५ रेक्टर स्केलको भूकम्प आएपछि जिल्ला प्रहरी कार्यालय बाजुराले क्षतिको विवरण लिन आफना इकाईलाई सक्रिय बनाएको छ । 

भूकम्पको झट्का महसुस हुनासाथ हामीले जिल्लाभर कहाँ, के कति क्षति भयो भनेर सुचना सङ्कलन गर्न व्यापक प्रहरी परिचालन गरिसकेका छौँ ।’ जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानबहादुर रोकायाले भने– अहिलेसम्म कुनै पनि क्षेत्रमा कुनै किसिमको क्षति भएको देखिएको छैन ।” 

निरीक्षक रोकायाले भने, “भौगोलिक विकटताले प्रहरी पुग्न पनि त्यहाँ एक दिन पैदल हिड्नुपर्ने स्थानमा सूचना लिने प्रयास हुँदैछ ।” 

भूकम्पको धक्का सुदूर तथा मध्यपश्चिमका जिल्लामा महसुस गरिएको छ । यसअघि पनि सुदूरपश्चिमको दार्चुलालाई केन्द्रविन्दु बनाएर पटकपटक परकम्प आएका थिए । तर अहिलेसम्मका भूकम्पबाट सुदूरपश्चिममा कुनै क्षति भएको छैन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ