arrow

९१ शिक्षकलाई जरिवाना

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Kanchanpur.jpeg.jpeg.jpeg
कञ्चनपुर । विद्यालय शिक्षक किताब खानामा सम्पत्ति विवरण नबुझाउने कञ्चनपुरका ९१ जना शिक्षक जरिवानामा परेका छन् । 

गत आर्थिक वर्षसम्मको सम्पत्ति विवरण नबुझाउने शिक्षकले जनही रु पाँच हजार जरिवाना रकम तिर्नुपर्ने भएको हो । 

नयाँ आथिक वर्ष सुरु भएको ६० दिनभित्रै जिल्ला शिक्षा कार्यालयमार्फत कार्यरत शिक्षकले परिवारसहितको सम्पत्ति विवरण विद्यालय शिक्षक सम्पत्ति विवरण व्यवस्थापन निर्देशिका २०७२ अनुसार विद्यालय शिक्षक किताब खानामा बुझाउनुपर्ने प्रावधान रहेको छ । सो विवरण नबुझाएका कारण ती शिक्षक जरीवानामा परेका हुन् । 

कञ्चनपुरमा ११८६ जना शिक्षक कार्यरत रहेकोमा १०९५ जना शिक्षकले मात्रै सम्पत्ति विवरण बुझाएको जिल्ला शिक्षा कार्यालय कञ्चनपुरका जिल्ला शिक्षा अधिकारी श्याम सिंह धामीले बताए । “विद्यालय किताब खानाबाट जरिवानाका लागि पत्राचार भएमा सम्पत्ति विवरण नबुझाउने शिक्षकबाट जरिवाना तिर्न लगाउँछौ” उनले भने । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ