arrow

सन् २०५० सम्ममा हिन्दूधर्म विश्वको तेस्रो ठूलो धर्म बन्ने!

२०७० सम्ममा क्रिश्चियनलाई मुस्लिमले पछि पार्ने, बुद्धिष्टको स्थिती दयनीय

logo
प्रकाशित २०७३ पुष १० आइतबार
Hindu-धर्म.jpeg
काठमाडौं । पूर्वीय दर्शन एवं सनातन संस्कृतिसँग जोडिएको हिन्दूधर्म विदेशी संस्कृतिको प्रभावमा परेर लोप हुने चिन्ता सबैमा परिरहेको समयमा अन्तराष्टिय एक संस्थाले गरेको अध्ययनले भने हिन्दू सनातन धर्म लोप हुनुको साँटो पछिल्लो समय झनै धेरैको लोकप्रिय बन्दै गएको तथ्य सार्वजनिक गरेको छ । 
 
अमेरिकाको प रिसर्च सेन्टरले गरेको विश्वव्यापी अध्ययनका क्रममा हिन्दूधर्मप्रति मानिसहरुको आस्था बढ्दै गएकोले यो सन् २०५० सम्ममा विश्वको तेस्रो ठूलो धर्म बन्ने सम्भावना रहेको बताईएको छ । अध्ययनले बौद्ध धर्म र इशाई धर्मको बृद्धि भने न्यूनमात्रामा भईरहेको भन्दै २०७० सम्ममा अहिले पहिलो स्थानमा रहेको इशाई दोस्रो स्थानमा पुग्ने र बौद्ध धर्मको भने स्थिती अझै दयनीय बन्ने अनुमान गरेको छ । 
 
अहिले इशाई धर्म विश्वको सबैभन्दा धेरै मानिसले मान्ने धर्मको रुपमा रहेको छ भने इस्लाम धर्म दोस्रो ठूलो धर्मको रुपमा रहेको छ । तेस्रो स्थानमा पहिचान वा सम्बन्धन नभएका धर्महरुको हिस्सा रहेको छ प्रतिवेदनमा उल्लेख छ । यसमा चीन तथा अन्य मुलुकमा रहेका आदिवासीहरुले मान्ने धर्म रहेको बताईएको छ । 
 
विश्वको धेरै मानिसले मान्ने धर्मको चौथो स्थानमा हिन्दू र पाँचौ स्थानमा बौद्ध धर्म रहेको छ । हिन्दूहरुको संख्या विश्वमा १ अर्ब ३ करोड २२ लाख १० हजार रहेको २०१० को तथ्याङ्कले देखाएको छ । सोही वर्षको तथ्याङ्क अनुसार बौद्धमार्गीहरु ४८ करोड ७७ लाख ६० हजार रहँदा विश्वको सबैभन्दा बढी जनसंख्या भएको धर्म मानिने इशाई धर्मालम्बीहरुको जनसंख्याभने २ अर्ब १६ करोड ८३ लाख ३० हजार रहेको मानिएको छ । 
 Projected Annual Growth Rate of Country Populations, 2010-2050
 
त्यस्तै, २०५० सम्ममा हिन्दूहरुको संख्या १ अर्ब ३८ करोड रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ । यद्यपि २०५० सम्म भने इशाई धर्म नै सबैभन्दा धेरै मानिसले मान्ने धर्मको रुपमा रहनेछ । २०५० सम्म विश्वमा २ अर्ब ९१ करोड पुग्ने आकलन गरिएको छ भने इशाईहरुको संख्या २ अर्ब ७६ करोड पुग्ने प्रक्षेपण अध्ययनले गरेको छ । 
 
बौद्धमार्गीहरुको भने २०५० सम्म जनसंख्या झनै घट्ने आकलन छ । अहिले ४८ करोड ७७ लाख रहेका बौद्धमार्गीहरु २०५० सम्ममा ४८ करोड ६२ लाखमा झर्ने अध्ययनले देखाएको छ । 
 Size and Projected Growth of Major Religious Groups
 
कुनैपनि धर्ममान्ने जनसंख्याको बृद्धिलाई कस्ताकस्ता तत्वहरुले प्रभाव पारिरहेका हुन्छन् ? भन्ने विषयमा विस्तृत जानकारी आगामी अंकमा प्रस्तुत गर्नेछौं । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ