- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । त्रिभुवन आर्मी क्लब मध्यपश्चिमाञ्चल विकास क्षेत्रलाई हराउँदै समूहको शीर्ष स्थानमा उक्लिएको छ । सातौं राष्ट्रिय खेलकूद अन्तर्गत आइतबार धरानमा भएको पुरुष फुटबल समूह ‘ख’को दोस्रो खेलमा मध्यपश्चिमलाई १–० ले हराउँदै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।
आर्मीलाई विजयी गराउन नवयुग श्रेष्ठले खेलको सातौं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । समूह चरणको पहिलो खेलमा सुदूरपश्चिमलाई हराएको आर्मीले लगातार दोस्रो जित निकाल्दै महत्वपूर्ण ६ अंक जोडेको छ ।
समूहको अर्को खेलमा आर्मीले अब दोस्रो स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपीएफसँग खेल्ने छ । आइतबारै भएको खेलमा सशस्त्र प्रहरी बलको एपीएफले सुदूरपश्चिमाञ्चलसँग गोलरहित बराबरी खेल्दै अंक बाँड्यो । समूहको पहिलो खेलमा मध्यपश्चिमलाई हराएको एपीएफ ४ अंक सहित समूह ‘ख’को दोस्रो स्थानमा छ ।