तीन मतान्तरले वडाध्यक्ष बने दुल्लू -१३ मा एमालेका शाही
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
981
Shares
नौमुले (दैलेख)। तीन मतको अन्तरले दैलेखको दुल्लू नगरपालिका–१३ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का लालबहादुर शाही विजयी भएको छ । उनले पाँच सय ७४ मत प्राप्त गरेको निर्वाचन अधिकृत वीरेन्द्रबहादुर मल्लले जानकारी दिए ।
उनका निकटम प्रतिस्पर्धी नेपाली कांग्रेसका रेशमबहादुर शाही पाँच सय ७१ मत प्राप्त गरेका छन् । त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का ढकेन्द्रबहादुर शाहीले दुई सय ७८, राष्ट्रिय स्वतन्त्र पार्टीका रामबहादुर शाहीले ५३, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेशमबहादुर मल्लले १३ र नेपाल मजदुर किसान पार्टीका पूर्णप्रसाद उपाध्यायले चार मत प्राप्त गरे ।
निर्वाचन अधिकृत मल्लका अनुसार कूल एक हजार पाँच सय २७ मत खसेकोमध्ये ३३ मत बदर भएका थिए ।