arrow

नेकपा एसले खोल्यो खाता, गढीमाई -८ मा विजयी

ईशनाथ-७ मा कांग्रेसको उम्मेदवार विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
NCP-united-socialist-madhav-nepal.jpg

चन्द्रपुर(रौतहट) । रौतहटको गढीमाई नगरपालिका वडा ८ को वडाध्यक्ष पदमा नेकपा (एकीकृत समाजवादीकास)का उम्मेदवार बजरङ्गीप्रसाद यादव विजयी भएका छन् ।

हिजो सम्पन्न उपनिर्वाचनमा उनले छ सय ५५ मत प्राप्त गरेको थियो । उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का जिउतीदेवी यादवले छ सय ३१ मत ल्याएका थिए भने नेपाली कांग्रेसका सुबोधकुमार यादवले छ सय १७ मत र जसपा नेपालका सन्देशप्रसाद यादवले दुई सय ५८ मत ल्याएको जिल्ला निर्वाचन कार्यालय रौतहटका प्रमुख छोटेलाल दासले जानकारी दिए । यसअघिको निर्वाचनमा जनता समाजवादी पार्टी नेपालका रामाज्ञा यादव निर्वाचित भएका थिए । 

यसैबीच ईशनाथ नगरपालिका वडा -७ को वडाध्यक्ष पदमा नेपाली कांग्रेसका शेख अब्दुल खलिकले बजरङ्गीप्रसाद यादवले छ २७ मत प्राप्त गरी विजयी भएका छन् ।  उनका प्रतिष्पर्धि एमालेका उम्मेदवार शेख अनवरले पाँच सय ७५ मत प्राप्त गरेको निर्वाचन कार्यालय प्रमुख दासले जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ