arrow

प्रधानमन्त्री ओलीको चीन भ्रमण

प्रधानमन्त्री ओली ८७ जनाको टोलीको नेतृत्व गर्दै चीन प्रस्थान [फोटोफिचर]

सरकारी खर्चबाट ३९ तथा निजीबाट ४८ जना, यस्तो रहने छ भ्रमण तालिका, २० गते फर्कने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १७ सोमबार
kp-oli-china-visit-81-8-17-.jpg

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको चारदिने औपचारिक भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् । चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा छिमेकी मित्रराष्ट्र चीनको औपचारिक भ्रमणका लागि आज उनी त्यसतर्फ प्रस्थान गरेका हुन् । 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह र गृहमन्त्री रमेश लेखकले बिदाइ गरे । 
 
यसैगरी, संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाल सरकारका उच्च पदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेत प्रधानमन्त्री ओलीको बिदाइका लागि विमानस्थल पुगेका थिए । 

प्रधानमन्त्री ओलीलाई यसअघि नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पण गरेको थियो । बेइजिङमा रहँदा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उनले आफ्ना चिनियाँ समकक्षी लीसँगको भेटमा द्विपक्षीय हितका विविध विषयमा विचार विमर्श गर्नेछन् ।

प्रधानमन्त्री ओली चीनको भ्रमण पूरा गरी यही मङ्सिर २० गते स्वदेश फर्कने कार्यतालिका छ ।

सतासी जनाको जम्बो टोलीमा को को छन् सरकारी खर्चमा जानेहरु ? 
प्रधानमन्त्रीको चीन भ्रमणमा ८७ जना रहेका छन् । सरकारी खर्चबाट ३९ जना र निजीबाट ४८ जना रहेका छन् । सरकारी खर्चमा चीन भ्रमणमा जानेहरू ३९ जना रहेका छन् । जसमा प्रधानमन्त्री, सांसद, सरकारी अधिकारीहरू रहेका छन् ।
 
चार दिने चीन भ्रमण टोलीमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानमन्त्री पत्नी राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा युवराज खतिवडा रहेका छन् ।

त्यस्तै सांसदहरू श्यामकुमार घिमिरे, लिलानाथ श्रेष्ठ, अर्जुननरसिंह केसी, बिजुला रायमाझी, धीरेन्द्रप्रसाद महतो, रेखा शर्मा, सर्वेन्द्रनाथ सुक्ला, दीपक कार्की र रञ्जिता श्रेष्ठ रहेका छन् ।

त्यस्तै मुख्य सचिव एकनारायण अर्याल, अर्थसचिव रामप्रसाद घिमिरे, कामु परराष्ट्रसचिव अमृतबहादुर राई, राष्ट्रिय लगानी बोर्डका कार्यकारी प्रमुख सुशील ज्ञवाली, प्रधानमन्त्रीकी निजी चिकित्सक डा दिव्या सिंह, मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयका उपाध्यक्ष पद्मसुन्दर जोशी पनि रहेका छन् ।

त्यस्तै परराष्ट्र मन्त्रालयका शिस्टाचार महापाल विष्णुप्रसाद गौतम, उत्तर पूर्वी एसिया महाशाखा प्रमुख कृष्णप्रसाद ढकाल, उत्तर पूर्वी एसिया महाशाखाका उपसचिव मणिरत्न शर्मा, प्रधानमन्त्रीका स्वकीय उपसचिव उदय पोखरेल, उपराष्ट्रमन्त्रीका स्वकीय उपसचिव कमल रावल, परराष्ट्रका अधिकृतहरू ऋचा भट्टराई, जानकी ओझा, सुजन लामिछाने र विनोद खनाल रहेका छन्।

 त्यस्तै प्रधानमन्त्रीका निजी सहयोगी जयश्री शाक्य, परराष्ट्रमन्त्रीका निजी सहयोगी अनिता सिंहलगायत पनि भ्रमण टोलीमा सहभागी रहेका छन् ।

यस्तो रहनेछ भ्रमण तालिका

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग बेइजिङमा भेटवार्ता गर्नुहुने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसै गरी प्रधानमन्त्री ओलीले आफ्ना चिनियाँ समकक्षी लीसँग भेटवार्ता गरी द्विपक्षीय आपसीहितका विविध विषयमा विचार आदानप्रदान गर्नेछन् । प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनकांग्रेसका स्थायी समितिका अध्यक्ष झाओ लेजीको समेत भेट हुने तालिका रहेको छ ।
 
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । त्यस्तै उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल-चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने कार्यक्रम छ । 

प्रधानमन्त्री ओलीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् । त्यस्तै प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा युवराज खतिवडा, संसद्हरू, विशिष्ट श्रेणीका सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू, सञ्चारकर्मीहरूलगायत छन् । 

प्रधानमन्त्री ओली नेतृत्वको प्रतिनिधिमण्डल यही मङ्सिर २० गते स्वदेश फर्कने तालिका छ ।

kp-oli-china-visit-81-8-17 (7).jpg
kp-oli-china-visit-81-8-17 (8).jpg
kp-oli-china-visit-81-8-17 (9).jpg
kp-oli-china-visit-81-8-17 (10).jpg
kp-oli-china-visit-81-8-17 (11).jpg
kp-oli-china-visit-81-8-17 (12).jpg
kp-oli-china-visit-81-8-17 (13).jpg
kp-oli-china-visit-81-8-17 (1).jpg
kp-oli-china-visit-81-8-17 (2).jpg
kp-oli-china-visit-81-8-17 (3).jpg
kp-oli-china-visit-81-8-17 (4).jpg
kp-oli-china-visit-81-8-17 (5).jpg
kp-oli-china-visit-81-8-17 (6).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ