arrow

सहकारी ठगी प्रकरणः रवि र छविलाई पर्साबाट पनि पक्राउ पुर्जी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर १९ बुधबार
ravi-chabi-gb.jpg

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध पर्सा जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको छ । उनको चितवनमा बयान चलिरहँदा पर्सा जिल्ला प्रहरीले पनि पक्राउ पुर्जी जारी गरेको हो । 

उनीसँगै गोर्खा मिडियाका तत्कालीन साझेदार पूर्व डीआईजी छविलाल जोशीविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको हो । वीरगञ्जको सानो पाइला सहकारीको बचत अपचलनको विषयमा अनुसन्धान गर्न प्रहरीलाई बुधबार पर्सा जिल्ला अदालतले अनुमति दिएको थियो । 

सोसँगै प्रहरीले पक्राउ पुर्जी जारी गरेको हो । रवि गोर्खा मिडियामा प्रबन्ध निर्देशक रहेका बेला सानो पाइलाबाट करिब ८ करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको थियो ।

रवि र छविविरुद्ध कास्की, रुपन्देही, काठमाडौँ र चितवनमा पनि पक्राउ पुर्जी जारी भई अनुसन्धान चलिरहेको छ । रुपन्देहीसँगै काठमाडौँका सरकारी वकिलको कार्यालयले बयान लिँदा दुवै जना कास्की प्रहरीको हिरासतमा छन् । 

छविलाई कास्की प्रहरीले असोज ६ गते तथा रविलाई कार्तिक २ गते पक्राउ गरेको थियो । 

रविमाथि सहकारी ठगीसहित चार ओटा आरोपमा अनुसन्धान भइरहेको छ । 

तत्कालीन गार्खा मिडिया प्रालिका सञ्चालक, शेयर होल्डर तथा प्रबन्ध निर्देशकको हैसियतमा लामिछानेमाथि विभिन्न पाँच सहकारीबाट रकम लगेको आरोपमा अनुसन्धान भइरहेको हो । 

यसका मुख्य योजनाकार मानिएका रवि र छविका साझेदार जीबी राई भने फरार छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ