arrow

आन्दोलन अतिवादीको कब्जामा जान सक्ने खतरा

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Pradeep.jpg.jpeg
तम्घास । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले मधेसकेन्द्रित दलको सर्त मानेर सरकारले मधेसमा गएर वार्ता नगर्ने बताएका छन् ।

एमाले प्रचार विभाग गुल्मीले शनिवार तम्घासमा आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने, “वार्ता गर्न सरकार मधेसमा जान हुँदैन भन्ने होइन, तर मधेसवादी दलको यो सर्त उनीहरुको भावुक कुरा मात्र हो, जुन स्वीकार्य छैन ।” 

तराई–मधेस आन्दोलन सामाजिक द्वेष भड्काउने, राष्ट्रिय एकतालाई कमजोर गर्ने र अतिवादी तत्व हाबी हुने खालको भएको बताउँदै नेता ज्ञवालीले मधेसकेन्द्रित दलले यसलाई गम्भीरतापूर्वक लिनुपर्ने सुझाव दिए । 

आफैंले निर्माण गरेको सङ्कटमा मधेसीवादी दल आफैँ फस्दै गएको बताउँदै उनले समयमै यसको समाधानको बाटामा नगए आन्दोलन नियन्त्रण बाहिर गई अतिवादीको कब्जामा जान सक्ने खतरा बढेको औँल्याए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ