बेलायती ह्वाम गायक जर्ज माइकलको निधन
प्रकाशित मिति : २०७३ पौष ११ सोमबार , २,९२५ पटक हेरिएको

अक्सफोर्डसायर । ब्रिटिश ह्वाम पपस्टार जर्ज माइकलको निधन भएको छ । उनको ५३ वर्षको उमेरमा आफ्नै घर गोरिङ, अक्सफोर्डसायरमा निधन भएको संचारमाध्यमहरुले जनाएका छन् ।
उनी सन् २०११ मा निमोनियाबाट बिरामी भएका थिए । माइकललाई सामाजिक सजालहरुमा श्रद्धाञ्जलीको भीड लागेको छ । एल्टन जोनले ‘सबैभन्दा उदार आत्मा’ भनी समाजिक संजालमा व्यक्त गरेका छन् ।

लागुऔषधका कारण उनलाई सन् २०११ मा निमोनिया भएको थियो । उनले गत सेप्टेम्बरमा अक्सफोर्डसायर रेष्टुरेन्टमा गाएका थिए ।

ह्वाम सदस्य माइकलको क्रिसमसकै दिन दिउँसो २ बजे भएको निधनलाई शुभ मानिए पनि प्रशंसक भने पीडामा परेका छन् ।
उनका प्रवक्ताले उनको निधनलाई वर्णन गर्न सकिने नभए पनि शंकास्पद भने भन्न नमिल्ने बताएका छन् ।

माइकलको सन् २०१७ मा ह्वाम सदस्य भइसकेपछिको यात्राका बारेमा डकुमेन्ट्री सार्वजनिक हुँदैछ ।

उनको वास्तविक नाम जर्जिओस कारियाकोस पानायिओटु हो । उनका एल्बम १० करोडभन्दा बढी बिक्री भएका छन् ।

प्रीति बाट युनिकोड युनिकोड बाट प्रीति
/a href="https://play.google.com/store/apps/details?id=com.nepalElectionResult" target="_blank">
/img src="https://hamrakura.com/uploads/advertisement/election_result_app.gif" class="shareable-class img-responsive" alt="election_result_app" title="election_result_app">