arrow

सूर्यदर्शन सहकारी प्रकरणमा कृष्ण गुरुङ पक्राउ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर २१ शुक्रबार
surya-darsan-sahakari.jpg

पोखरा । पोखरास्थित सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलन गरेको आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पोखराका कृष्ण गुरुङ छन् । सहकारीका सञ्चालक सदस्यसमेत रहेका उनी काठमाडौँबाट पक्राउ परेका हुन् ।

यसअघि फरार रहँदै आएका उनी कतार जान लागेको अवस्थामा पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनलाई पोखरा ल्याउने तयारी भइरहेको कास्की प्रहरीले जनाएको छ ।

सूर्यदर्शन सहकारी रकम अपचलनकै आरोपमा पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने, पूर्व डीआईजी छविलाल जोशी, सहकारीका पूर्वसञ्चालक कुमार रम्तेल, व्यवसायी रामबहादुर खनाल, लीला पछाईलगायतमाथि कास्की प्रहरीले छानबिन गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ