arrow

लोकतन्त्रलाई अगाडि बढाउने नेतृत्व चुन्नु आवश्यक

logo
प्रकाशित २०७२ पुष ४ शनिबार
Sher.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले मुलुकमा संविधान निर्माण भइसकेकाले अब मुलुकलाई विकासको बाटामा अगाडि बढाउनु आवश्यक रहेको बताएका छन् । 

‘स्कुल अफ डेमोक्रेसी’ अभियानले शनिवार यहाँ आयोजना गरेको छलफल कार्यक्रममा पूर्वप्रधानमन्त्री देउवाले तराईमा देखिएको समस्यालाई वार्ताबाटै हल गर्नुपर्नेमा जोड दिए ।  नेता देउवाले राष्ट्रपति धार्मिकस्थलमा पूजाआजाका लागि जाँदा ढुङ्गामुढा गर्नु गलत कार्य भएको पनि बताए । अर्को प्रसङ्गमा उनले भन्नुभयो, “लोकतन्त्रका लागि नेपाली काँग्रेसले ठूलो लडाइँ लड्यो तर पार्टीभित्र आन्तरिक लोकतन्त्र बलियो हुन सकेन, अबको महाधिवेशनले लोकतन्त्रलाई अगाडि बढाउने नेतृत्व चुन्नु आवश्यक छ ।” 

काँग्रेसका नेता विमलेन्द्र निधिले अहिलेको संविधानले समावेशी समानुपातिक प्रतिनिधित्वलाई समेटेको छ भन्दै छुटेका कुरालाई संशोधनमार्फत टुङ्ग्याउन सकिने स्पष्ट पारे । काँग्रेसका नेता अर्जुननरसिंह केसीले पार्टीभित्र सिद्वान्तको राजनीतिभन्दा पनि नातावाद प्रवृत्ति हाबी हुँदै गएकामा चिन्ता व्यक्त गर्दै आगामी महाधिवेशनबाट पार्टीभित्र देखिएको ६०÷४० को भागबन्डा अन्त्य गर्नुपर्नेमा जोड दिए । 

कार्यक्रममा काँग्रेसका नेता डा शेखर कोइराला, नारायणप्रकाश साउद, गगनकुमार थापा, मीन विश्वकर्मा, डा प्रकाशशरण महत, प्रदीप गिरी, सुरेन्द्रराज पाण्डे, गोविन्द भट्टराई, गुरुराज घिमिरे, महालक्ष्मी उपाध्याय, डा डिला सङ्ग्रौला, सीता गुरुङलगायतले मुलुकलाई राष्ट्रिय एकताको खाँचो रहेकाले राष्ट्रिय एकताको नेतृत्व काँग्रेसले लिनुपर्नेमा जोड दिएका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ